२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

छमासे जस्तो लक्षण देखिने रोगले बाख्रा मरे



तनहुँ । तनहुँको तीन नगरपालिकामा छमासे जस्तो लक्षण देखिने रोगले केही दिनयता २० वटा बाख्रा मरेका छन् ।

जिल्लाको शुक्ला गण्डकीमा १०, भानु नगरपालिकामा नौ र व्यास नगरपालिकामा एक बाख्रा मरेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । छमासे रोग सरुवा रोग भए पनि पिपीआर जस्तो उच्च सरुवा रोग नभएको व्यास नगरपालिका पशु विकास शाखाका पशु विकास अधिकृत डा मनोज विश्वकर्माले जानकारी दिए ।

उक्त रोग लाग्दा नेपालमै उपचारको लागि डाइग्नोसिस गर्ने प्रविधि नहुँदा समस्या हुने गरेको बताइएको छ । डा विश्वकर्माका अनुसार शुरुमा व्यास नगरपालिका–११ स्थित रातमाटा टोलमा रहेको कृषकको बाख्रा बिरामी भएपछि छमासे रोगको जस्तो लक्षण देखिएको हो । बिरामी परेका बाख्रा मर्दै जान थालेपछि यहाँका कृषकहरु चिन्तित भएका छन् ।

व्यास नगरपालिका–१२ गोल्लाका कृषक गेमबहादुर थापाले बाख्राहरु बिरामी हुँदै गएको र रोग नियन्त्रणमा नआउँदा थप चिन्ता थपिएको बताए । यहाँका बाख्रामा पखला लाग्ने, काँम्ने, ज्वरो आउने, पक्षघात हुने, कराउने, पेट फुल्ने, खाना मन नगर्ने जस्ता लक्षण देखिएकाले उक्त रोग भएको आशङ्का गरिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठले जानकारी दिए ।

बन्दिपुर गाउँपालिकाले १० हजार बाख्रालाई पिपीआर भ्याक्सिन खोप लगाएर सुरक्षित बनाएको छ । गाउँपालिका भित्र रहेका छ वटै वडाका टोल टोलमा प्राविधिक खटाएर कृषकका बाख्रालाई उक्त रोग देखिनुभन्दा अगावै भ्याक्सिन दिइएको हो ।

बाख्रामा पिपीआर रोग लागेपछि बचाउन नसकिने भएकाले रोग लाग्नु अगावै अग्रिम भ्याक्सिन लगाउने अभियान थालिएको बन्दिपुर गाउँपालिका पशु शाखाका प्रमुख मधुविलास न्यौपानेले बताए । त्यसैगरी गाउँपालिकाको सहयोगमा तीन हजार ५०० गाईवस्तुमा खोरेतको भ्याक्सिन र कुकुर र बिरालो गरी २०० लाई रेबिज विरुद्धको सुई लगाएको उनले बताए ।

त्यसैगरी गाउँपालिकाले १० वटा माउ बाख्रा पालेका कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको बोयर बोका वितरण गरेको छ । गाउँपालिकाका २१ जना कृषकलाई रु ४० हजार बराबरको बोयर बोका वितरण गरिएको हो ।

स्थानीय जातको कुखुरा संरक्षण गर्ने उद्देश्यले पाँच जनालाई कुखुरापालन र पाँच जनालाई बङ्गुर पालनको लागि ५० प्रतिशत अनुदानमा रु ४० हजारका दरले सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले बताए । रासस

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ११ : ४६ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक