११ श्रावण २०८३, सोमबार | July 28, 2026

छमासे जस्तो लक्षण देखिने रोगले बाख्रा मरे



तनहुँ । तनहुँको तीन नगरपालिकामा छमासे जस्तो लक्षण देखिने रोगले केही दिनयता २० वटा बाख्रा मरेका छन् ।

जिल्लाको शुक्ला गण्डकीमा १०, भानु नगरपालिकामा नौ र व्यास नगरपालिकामा एक बाख्रा मरेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । छमासे रोग सरुवा रोग भए पनि पिपीआर जस्तो उच्च सरुवा रोग नभएको व्यास नगरपालिका पशु विकास शाखाका पशु विकास अधिकृत डा मनोज विश्वकर्माले जानकारी दिए ।

उक्त रोग लाग्दा नेपालमै उपचारको लागि डाइग्नोसिस गर्ने प्रविधि नहुँदा समस्या हुने गरेको बताइएको छ । डा विश्वकर्माका अनुसार शुरुमा व्यास नगरपालिका–११ स्थित रातमाटा टोलमा रहेको कृषकको बाख्रा बिरामी भएपछि छमासे रोगको जस्तो लक्षण देखिएको हो । बिरामी परेका बाख्रा मर्दै जान थालेपछि यहाँका कृषकहरु चिन्तित भएका छन् ।

व्यास नगरपालिका–१२ गोल्लाका कृषक गेमबहादुर थापाले बाख्राहरु बिरामी हुँदै गएको र रोग नियन्त्रणमा नआउँदा थप चिन्ता थपिएको बताए । यहाँका बाख्रामा पखला लाग्ने, काँम्ने, ज्वरो आउने, पक्षघात हुने, कराउने, पेट फुल्ने, खाना मन नगर्ने जस्ता लक्षण देखिएकाले उक्त रोग भएको आशङ्का गरिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठले जानकारी दिए ।

बन्दिपुर गाउँपालिकाले १० हजार बाख्रालाई पिपीआर भ्याक्सिन खोप लगाएर सुरक्षित बनाएको छ । गाउँपालिका भित्र रहेका छ वटै वडाका टोल टोलमा प्राविधिक खटाएर कृषकका बाख्रालाई उक्त रोग देखिनुभन्दा अगावै भ्याक्सिन दिइएको हो ।

बाख्रामा पिपीआर रोग लागेपछि बचाउन नसकिने भएकाले रोग लाग्नु अगावै अग्रिम भ्याक्सिन लगाउने अभियान थालिएको बन्दिपुर गाउँपालिका पशु शाखाका प्रमुख मधुविलास न्यौपानेले बताए । त्यसैगरी गाउँपालिकाको सहयोगमा तीन हजार ५०० गाईवस्तुमा खोरेतको भ्याक्सिन र कुकुर र बिरालो गरी २०० लाई रेबिज विरुद्धको सुई लगाएको उनले बताए ।

त्यसैगरी गाउँपालिकाले १० वटा माउ बाख्रा पालेका कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको बोयर बोका वितरण गरेको छ । गाउँपालिकाका २१ जना कृषकलाई रु ४० हजार बराबरको बोयर बोका वितरण गरिएको हो ।

स्थानीय जातको कुखुरा संरक्षण गर्ने उद्देश्यले पाँच जनालाई कुखुरापालन र पाँच जनालाई बङ्गुर पालनको लागि ५० प्रतिशत अनुदानमा रु ४० हजारका दरले सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले बताए । रासस

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ११ : ४६ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला