७ श्रावण २०८३, बिहिबार | July 23, 2026

तिरिसकेको ऋण असुल्न हिमालयन बैंकबाट बीच सडकमा ‘गुण्डागर्दी’



बुटवल । हिमालयन बैंक लिमिटेडले ऋण असुलीका लागि गुण्डा परिचालन गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । ऋण असुलीको बहानामा सडकमा गुण्डा परिचालन गरेर दादागिरी प्रदर्शन गरिएको भन्दै नवलपरासीका भरत क्षेत्रीले प्रहरीमा उजुरी दर्ता गराएका हुन् ।

रुपन्देहीको देवदहमा बीच सडकमा गुडिरहेको गाडीलाई रोकेर अभद्र व्यवहार गरेको भन्दै क्षेत्रीले ईलाका प्रहरी कार्यालय खैरेनीमा उजुरी दर्ता गराएका हुन् । आफुले २ वर्ष पहिले नै भुक्तानी गरिसकेको कर्जा माग्दै सडकमा आफ्नो गाडी रोकेर दुर्व्यवहार गरिएको क्षेत्रीले बताए । क्षेत्रीको उजुरीका आधारमा प्रहरीले बैंकका प्रतिनिधि बताउने सञ्जीव लामा नाम गरेका युवासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

उनी सवार बागमती प्रदेश ०१–०२६ च २१४६ नम्बरको कारलाई रोकेर २ वर्ष अगाडि नै चुक्ता गरेको ऋण मागेपछि आफु झस्किएको उनले बताए ।

घटनाका विषयमा हिमालयन बैंक सुनवल शाखामा कार्यरत लोन शाखाका म्यानेजर सन्दीप पाण्डेलाई फोन गर्दा भरतबाटै कुरा बुझ्न आग्रह गरे । उनले घटना सम्बन्धमा भरत क्षेत्री संगै बुझ्नुस भन्दै मोबाईल काटे ।

प्रहरी चौकी खैरेनीका प्रमुख प्रहरी निरीक्षक एक्काबहादुर नेपालीले ऋण असुलीकै लागि पनि बाटोमा गाडी रोक्न नपाईने बताए । उनले घटनामा संलग्न भएका व्यक्तिलाई पक्राउ गरेर भोलि हाजीर गराउने गरि बैंकको जिम्मा लगाइएको बताए । उनका अनुसार उजुरी कर्ता क्षेत्रीले २ वर्ष अगाडी नै कर्जा हिमालय बैंकबाट प्रभु बैंकमा सारेपनि हिमालय बैंकले लेजरमा लागत कट्टा नगरेर कर्जा देखाएको पाईएको छ । अर्को बैंकमा सरिसकेको कर्जा असुलीका नाममा बाटाघाटामा गाडी रोकेको देखिएको व्रहरी निरीक्षक नेपालीले बताए ।

हिमालयन बैंकबाट लोनमा गाडि किनेका उनले २ वर्ष अघिनै चुक्ता गरे पनि बैंकको पैसा उठाउने नाम लिष्टमाआफ्नो गाडी समेत परेको भन्दै बीच सडकमा रोकेर अभद्र व्यवहार गरेको उनले गुनासो गरे । असुलीको पत्र समेत आफुलाई नपठाएको र खातामा देखिएपनि प्रहरी मार्फत आफुलाई झिकाउन सकिनेमा बैंकले गुणडागर्दी गरेको क्षेत्रीले बताए ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ६ : ३६ बजे

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

पोखरा । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा