२८ बैशाख २०८३, सोमबार | May 11, 2026

बुटवलमा मन्टेश्वरी किड्स प्रिन्स एण्ड प्रिन्सेस ग्लोबल सम्पन्न



बुटवल । क्रियटिभ डान्स एकेडेमीको आयोजनामा मन्टेश्वरी किड्स प्रिन्स एण्ड प्रिन्सेस ग्लोबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा विभिन्न छनोट चरण पार गर्दै उत्कृष्ट २० जना प्रतिस्पर्धी बीच विहिबार ग्राण्ड फिनाले सम्पन्न भएको हो ।

बालबालिकाहरुको प्रतिभा प्रस्फुटनका लागि आयोजना गरिएको प्रतियोगितामा डान्सतर्फ सान्वी पोख्रेल विजेता भएकी छन् भने निस्मा कंडेल द्वितीय, सारांश पौडेल तृतीय तथा लेविस्का सुनार सान्त्वना हुन सफल भइन् । यसैगरी वेस्ट डान्सको उपाधि अस्मिता सुनारले प्राप्त गरिन् । माडलिङ विधामा गर्ल्सतर्फ मायंसी श्रेष्ठ तथा ब्वाइजतर्फ सारांश पौडेल विजेता बन्न सफल भएका छन् । उनीहरुले नगद १०/१० हजार पुरस्कार राशीसहित, गिफ्टह्याम्पर र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरी सायरा भुसाल र दुर्गा रेश्मी फर्स्ट रनरअप हुन सफल भए । उनीहरुले नगद ८ हजार पुरस्कार राशीसहित गिफ्टह्याम्पर प्राप्त गरे । सेकेन्ड रनरअप हुन सफल सान्वी मिश्र र समृद्ध केसीले नगद राशी ६/६ हजारसहित गिफ्टह्याम्पर प्राप्त गरेका छन् । थर्ड रनरअप सान्वी पोख्रेल र निर्भिक श्रेष्ठले पनि समान ५ हजार पुरस्कार राशी प्राप्त गरेका छन् । यसैगरी गर्ल्सतर्फ ग्रासी भट्टक्षेत्री भ्यूअर्स च्वइसमा पर्न सफल भइन् भने सुवेज्ञा सुवेदीले उत्कृष्ट कोरियोग्राफको उपाधि हात पारिन । कृतिका पोखरेल अर्गनाइजर्स च्वइसमा पर्न सफल भइन् । यसैगरी ब्वाइजतर्फ यूनिक गिरी भ्यूअर्स च्वइसमा पर्न सफल हुँदा प्रसिद्ध खनालल उत्कृष्ट कोरियोग्राफ तथा समिप ज्ञवालीले अर्गनाइजर्स च्वइसको उपाधि चुम्न सफल भए ।

प्रतियोगितमा अन्य विभिन्न विधामा समेत उहभागीलाई पुरस्कृति गरिएको आयोजक संस्थाकी अध्यक्ष अञ्जु रसालीले जानकारी दिइन् । ग्राण्ड फिनालेमा छनोट हुन सफल प्रतियोगीहरु बीच कल्चर राण्ड, एइम राउण्ड, इन्ट्रडक्सन राउण्ड, डिजाइनर राउण्ड तथा क्वइशन एन्सर राउण्ड गरी विधिन्न चणमा प्रतिस्पर्धा गराइएको थियो । कृति श्रेष्ठ, मन्जेस गिरी र विश्वास थापाले जुरी मेम्बरको रुपमा रहेका थिए । ग्राण्ड फिनालेको अवसरमा फेसन एण्ड डान्स कोरियोग्राफर युदिन खड्की, डान्सर तथा कोरियोग्राफर आकाश खड्का, गायक उज्जवल गिरी, सुशान्त आचार्य लगायतको प्रस्तुती रहेको थियो । कार्यक्रममा उपस्थित विशेष अतिथी तिलक नेपालीले बालबालिकाहरुको प्रतिभालाई प्रस्फुटन गर्नका लागि प्रतियोगिताले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ३ : २४ बजे

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाको धन्यवाद

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त

आइएमई खल्तीले ल्यायो सुपर वालेट सुविधा

काठमाडौ । आइएमई खल्ती लिमिटेड ९खल्ती० ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका

शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा १६ खर्ब ५९ अर्ब विप्रेषण

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति सात

ट्रेड युनियन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ट्रेड युनियन खारेज गर्ने निर्णय तत्काल

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा