१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

बुम बुम नेप्से, झण्डै १३ अर्बको कारोबार



काठमाडौं । आज शेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६९.८० अङ्कले बढेर दुई हजार ७२७ दशमलव ५८ अङ्कमा पुगेको छ ।

विभिन्न तीन सय ३० कम्पनीका दुई करोड ४८ लाख ४८ हजार ७९ कित्ता शेयर एक लाख ३० हजार नौ सय १३ पटक खरिदबिक्री हुँदा १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार १३६ रुपैयाँ ९९ पैसाको कारोबार भएको छ । आजको कारोबारपछि बजारपुँजीकरण रु ४५ खर्ब २५ अर्ब ४७ करोड ४४ लाख ४४ हजार चार सय ३१ पुगेको छ ।

आजको कारोबारमा सबै उपसमूह बढेका छन् । सबैभन्दा बढी माइक्रोफाइनान्स चार दशमलव ९२ प्रतिशत, निर्जीवन बिमा कम्पनीको तीन दशमलव ७१ प्रतिशत र विकास बैंक उपसमूह तीन दशमलव १५ प्रतिशतले बढेको छ ।

साथै उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, अभियान लघुवित्त वित्तीय संस्था, विजया लघुवित्त वित्तीय संस्था, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ४ : ४७ बजे

जलजला हिमाल र बादलको लुकामारी

म्याग्दी । पहाडको उच्च स्थानमा फैलिएको समथर घाँसेमैदान, हरियाली पहाडको

क्यान्सर अस्पतालमा औषधि अभाव

चितवन । क्यान्सरको उपचार गर्ने नेपालकै ठूलो बिपी कोइराला मेमोरियल

६० वर्ष भन्दा पुरानो पुलबाट मुक्ति पाउँदै बाँके-बर्दियाका यात्रुहरु

नेपालगन्ज । हुलाकी राजमार्ग अन्तर्गतको नेपालगन्ज-गुलरिया सडकको खजुरा खण्डमा रहेको

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको

‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार