६ माघ २०८२, मंगलबार | January 20, 2026

बुम बुम नेप्से, झण्डै १३ अर्बको कारोबार



काठमाडौं । आज शेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६९.८० अङ्कले बढेर दुई हजार ७२७ दशमलव ५८ अङ्कमा पुगेको छ ।

विभिन्न तीन सय ३० कम्पनीका दुई करोड ४८ लाख ४८ हजार ७९ कित्ता शेयर एक लाख ३० हजार नौ सय १३ पटक खरिदबिक्री हुँदा १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार १३६ रुपैयाँ ९९ पैसाको कारोबार भएको छ । आजको कारोबारपछि बजारपुँजीकरण रु ४५ खर्ब २५ अर्ब ४७ करोड ४४ लाख ४४ हजार चार सय ३१ पुगेको छ ।

आजको कारोबारमा सबै उपसमूह बढेका छन् । सबैभन्दा बढी माइक्रोफाइनान्स चार दशमलव ९२ प्रतिशत, निर्जीवन बिमा कम्पनीको तीन दशमलव ७१ प्रतिशत र विकास बैंक उपसमूह तीन दशमलव १५ प्रतिशतले बढेको छ ।

साथै उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, अभियान लघुवित्त वित्तीय संस्था, विजया लघुवित्त वित्तीय संस्था, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ४ : ४७ बजे

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

नवलपरासी । यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा

रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण

बुटवल । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज

शेरबहादुर देउवा चुनाव नलड्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर

आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

निर्वाचन आउन ४४ दिन बाँकी : उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार