३ भदौ २०८३, बुधबार | August 19, 2026

वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो



वीरगञ्ज । वीरगञ्ज नाका हुदैँ चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भटमास र सूर्यमुखीको प्रशोधित तेल विदेशी मुलुकमा निर्यात बढेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा रु ११ अर्ब ९९ करोड १८ लाखको पाँच करोड ६० लाख ६६ हजार लिटर भटमासको तेल निर्यात भएको छ । गत आवको ६ महिनाको अवधिमा भने रु तीन करोड ११ लाखको एक लाख एक हजार तीन सय एक लिटर भटमासको प्रशोधित तेल निर्यात भएको थियो । छिमेकी मुलुक भारतमा भटमास र सूर्यमुखीको प्रशोधित तेलको निर्यात सहज भएकाले निर्यात उत्साहजनक ढङ्गले बढेको उनले जानकारी दिए ।

‘‘अहिले भारततर्फ प्रशोधित तेलको निर्यातमा क्रमशः सुधार देखिएको छ’’, सूचना अधिकारी तिवारीले भने ।

चालु आवको ६ महिनाको अवधिमा भटमासको तेल प्रशोधित मात्रै नभएर सूर्यमुखीको प्रशोधित तेलको निर्यात पनि बढेको छ । चालु आवको ६ महिनाको अवधिमा रु तीन अर्ब २१ करोड ९१ लाखको दुई करोड २८ लाख ४५ हजार लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । गत आवको सोही अवधिमा भने नौ करोड ९४ लाख १० हजार मूल्य बराबरको सूर्यमुखीको तेल निर्यात भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ६ : २२ बजे

गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा

गण्डकी । भारतका स्थलसेनाध्यक्ष धीरज सेठले भारत–नेपाल सैनिक सम्बन्ध ऐतिहासिक

बागमतीमा राप्रपाको समर्थन पाएपछि मुख्यमन्त्रीमा किरण थापामगरको दाबी

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का किरण थापामगरले दाबी

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राडा ढुण्डीराज पौडेल

रवि लामिछानेद्वारा मन्त्री र सांसदहरूसँग छलफल, प्रधानमन्त्री बालेन्द्र अनुपस्थित

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले

वर्षाजन्य विपद् : विभिन्न सडकमा यातायात अवरुद्ध

काठमाडौं ।वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै