१९ असार २०८३, शुक्रबार | July 4, 2026

११ औँ सिद्धार्थ वक्तृत्वकलाको उपाधी दीप बोर्डिङकी आशिका थापालाई



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ मा अवस्थित सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कूलमाको आयोजना जिल्ला स्तरीय अन्तरमावि ११ औं सिद्धार्थ वक्तृत्वकलाको उपाधि बुटवलको दीप बोर्डिङ हाई स्कुलकी आशिका थापाले हात पारेकी छन् । उपाधिसँगै उनले नगद १५ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन् ।

‘जलवायु परिवर्तन : समस्या र समाधान’ विषयक प्र्रतियोगितामा बुद्ध पब्लिक ईङ्गलिस बोर्डिङ हाई स्कुलकी छात्रा अनुष्का भण्डारी द्वितीय हुँदै नगद १२ हजार ५०० रुपैयाँ हात पारिन भने मणिमुकुन्द माध्यमिक विद्यालयकी छात्रा एन्जल बेल्बासे तृतीय भइन् । उनले नगद १० हजार नगद पुरस्कार प्राप्त गरिन ।

यसैगरी दुर्गा शैक्षिक गृहकी छात्रा प्रिन्सु पौडेल सान्त्वना स्थान हासिल गरी ७ हजार ५०० नगद राशी प्रप्त गरेको कार्यक्रमका संयोजक शंकर पाण्डेले जानकारी दिए । प्रतियोगितामा जिल्लाका २५ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितालाई निस्पक्ष बनाउका लागि आयोजक सिद्धार्थ बोर्डिङले भने सहभागिता नजनाउने नियम रहेको छ ।

कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता तथा प्राध्यापक तेजप्रसाद कंडेलले प्रतियोगिताले विद्यार्थीमा वाक कलाको विकास गर्नका साथै सिर्जनात्मक क्षमताका लागि सहयोग गर्ने उल्लेख गरे । यसैगरी तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरिबहादुर क्षेत्री, अभिभावक संघ केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसाल, प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरी पाण्डे तथा प्याब्सन रुपन्देही अध्यक्ष दीपक खनाल लगायतले बोल्दै शुभकामना व्यक्त गरे । विद्यालयका प्रबन्ध निर्देशक बावुराम खनाल, सह-प्राचार्य रमेश प्रसाद बश्याल लगायतले समेत शुभकामना व्यक्त गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक रामलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा सहभागीहरुलाई प्राचार्य यम रानाले स्वागत गरेका थिए भने अतिरिक्त क्रियाकलापका शिक्षक मेघराज भट्टराई तथा छात्रा सम्वृद्धि बन्जाडेले सञ्चालन गरेका थिए । प्रतियोगितामा प्राध्यापक डा. हुमाकान्त भुसाल, प्राध्यापक डा. हिरण्यलाल ज्ञवाली र साहित्यकार गिरी श्रीसले निर्णायकको भूमिका निभएका थिए । कार्यक्रममा १० तथा २० वर्ष सेवा गरेका विद्यालयका शिक्षक, शिक्षिका तथा कर्मचारीहरुलाई कदर पत्रबाट सम्मान गरिएको थियो । विद्यालयबाट कक्षा १२ उत्तिर्ण गरी विभिन्न विश्व विद्यालयमा पूर्ण छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी तथा उनीहरुका अभिभावकहरूलाई सम्मान गरिएको थियो । विद्यार्थीहरूले आ-आफ्ना विज्ञान तथा चित्रकलाको प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ८ : ४८ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०