२० मंसिर २०८२, शनिबार | December 6, 2025

११ औँ सिद्धार्थ वक्तृत्वकलाको उपाधी दीप बोर्डिङकी आशिका थापालाई



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ मा अवस्थित सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कूलमाको आयोजना जिल्ला स्तरीय अन्तरमावि ११ औं सिद्धार्थ वक्तृत्वकलाको उपाधि बुटवलको दीप बोर्डिङ हाई स्कुलकी आशिका थापाले हात पारेकी छन् । उपाधिसँगै उनले नगद १५ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन् ।

‘जलवायु परिवर्तन : समस्या र समाधान’ विषयक प्र्रतियोगितामा बुद्ध पब्लिक ईङ्गलिस बोर्डिङ हाई स्कुलकी छात्रा अनुष्का भण्डारी द्वितीय हुँदै नगद १२ हजार ५०० रुपैयाँ हात पारिन भने मणिमुकुन्द माध्यमिक विद्यालयकी छात्रा एन्जल बेल्बासे तृतीय भइन् । उनले नगद १० हजार नगद पुरस्कार प्राप्त गरिन ।

यसैगरी दुर्गा शैक्षिक गृहकी छात्रा प्रिन्सु पौडेल सान्त्वना स्थान हासिल गरी ७ हजार ५०० नगद राशी प्रप्त गरेको कार्यक्रमका संयोजक शंकर पाण्डेले जानकारी दिए । प्रतियोगितामा जिल्लाका २५ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितालाई निस्पक्ष बनाउका लागि आयोजक सिद्धार्थ बोर्डिङले भने सहभागिता नजनाउने नियम रहेको छ ।

कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता तथा प्राध्यापक तेजप्रसाद कंडेलले प्रतियोगिताले विद्यार्थीमा वाक कलाको विकास गर्नका साथै सिर्जनात्मक क्षमताका लागि सहयोग गर्ने उल्लेख गरे । यसैगरी तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरिबहादुर क्षेत्री, अभिभावक संघ केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसाल, प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरी पाण्डे तथा प्याब्सन रुपन्देही अध्यक्ष दीपक खनाल लगायतले बोल्दै शुभकामना व्यक्त गरे । विद्यालयका प्रबन्ध निर्देशक बावुराम खनाल, सह-प्राचार्य रमेश प्रसाद बश्याल लगायतले समेत शुभकामना व्यक्त गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक रामलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा सहभागीहरुलाई प्राचार्य यम रानाले स्वागत गरेका थिए भने अतिरिक्त क्रियाकलापका शिक्षक मेघराज भट्टराई तथा छात्रा सम्वृद्धि बन्जाडेले सञ्चालन गरेका थिए । प्रतियोगितामा प्राध्यापक डा. हुमाकान्त भुसाल, प्राध्यापक डा. हिरण्यलाल ज्ञवाली र साहित्यकार गिरी श्रीसले निर्णायकको भूमिका निभएका थिए । कार्यक्रममा १० तथा २० वर्ष सेवा गरेका विद्यालयका शिक्षक, शिक्षिका तथा कर्मचारीहरुलाई कदर पत्रबाट सम्मान गरिएको थियो । विद्यालयबाट कक्षा १२ उत्तिर्ण गरी विभिन्न विश्व विद्यालयमा पूर्ण छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी तथा उनीहरुका अभिभावकहरूलाई सम्मान गरिएको थियो । विद्यार्थीहरूले आ-आफ्ना विज्ञान तथा चित्रकलाको प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ८ : ४८ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले