२७ असार २०८३, शनिबार | July 11, 2026

पाल्पामा टिप्पर दुर्घटना हुँदा रुपन्देहीका एक जनाको मृत्यु



बुटवल । पाल्पामा टिप्पर दुर्घटना हुँदा रुपन्देहीका एक जनाको मृत्यु भएको छ । आज मध्यान्ह पाल्पा माथागढी ५ सुर्खाबास स्थित रहबास-खैरेनी भित्री कच्चि सडक खण्डमा रहबास खानीबाट चुनढु‌ङ्गा लिएर खैरेनीतर्फ जाँदै गरेको लु २ ख ५९६५ नम्बरको टिप्पर दुर्घटना हुँदा टिप्पर चालक रुपन्देही देवदह २ का ३१ बर्षिय सुनिल गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त टिप्पर सडकबाट अन्दाजी २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी सुनिल मल्लले जानकारी दिए ।

घटनास्थलमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अनुसन्धान अधिकृत सहितको टोली खटि गएको तथा प्रारम्भिक अनुसन्धान कार्य पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पामा पठाईएको बताउँदै डिएसपी मल्लले सवारी दुर्घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको बताए ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ९ : ११ बजे

पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको

गणेश नेपालीलाई न्याय माग्दै वीर अस्पतालअगाडि प्रदर्शन, सरकारविरुद्ध नाराबाजी

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

काठमाडौं । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका

३८ बर्षिया महिलालाई करणी गर्ने २८ बर्षिया युवक पक्राउ

कपिलवस्तु । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्

तीन महिनाभित्र वधशाला ऐन लागू गर्न निर्देशन

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले तीन महिनाभित्र