७ चैत्र २०८२, शनिबार | March 21, 2026

एनआरएन सुधार अभियानमा अवरोध प्रयास, महासचिव शर्मा विरुद्ध फर्जी उजुरी



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई सुधार गर्ने अभियानको नेतृत्व गरेका महासचिव डा. हेम राज शर्माको पहलविरुद्ध एनआरएनसम्बद्ध केही व्यक्तिहरुले फर्जी उजुरी सुरु गरेको भेटिएको छ ।

महासचिवविरुद्ध अध्यक्ष पन्तलाई बुझाइएको भनिएको ६६ जनाको हस्ताक्षर फर्जी भएको हस्ताक्षरपत्रमा नाम रहेका व्यक्तिहरुले नै स्पष्ट पारेका छन् ।

विश्वभर छरिएर रहेका लाखौं गैरआवासीय नेपालीलाई अझै पनि एनआरएनमा आवद्ध हुन सकेका छैनन् । एनआरएनलाई सबै गैरआवासीय नेपालीको प्रतिनिधि संगठन बनाउन हालका कतिपय पद्धतीलाई सुधार गर्ने अभियानमा महासचिव शर्मा लागेका छन् ।

शर्माकै पहलमा सुरु भएको सदस्यता शुल्कलाई निःशुल्क बनाउने, अनलाइन भोटिङ प्रणाली सुरु गर्ने र निर्वाचनमा प्रतिनिधि छनौटलाई पारदर्शी बनाउने विषयलाई कतिपय एनआरएनकर्मीहरुले पचाउन सकेका छैनन् ।

एनआरएन आईसीसीको हालैको बैठकमा यी एजेण्डाबारे छलफल भएको महासचिव शर्माले खबरकुरालाई बताए ।

‘आईसीसीमा महत्वपूर्ण एजेण्डामा सैद्धान्तिक विषयको उठान हुनसके पनि यसको अन्तिम निर्णय गर्ने अधिकार महाधिवेशनलाई मात्रै हुन्छ’, महासचिव शर्माले भने, ‘अहिले यो एजेण्डामा छलफल मात्रै सुरु भएको हो । पारित भएको छैन र हुन पनि सक्दैन ।’

तर, कतिपय सदस्यहरुले यो एजेण्डा अहिले नै लागु भैसक्यो भनेजसरी विरोधमा उत्रिएका छन् । उनीहरुले नै महासचि विरुद्ध अध्यक्षलाई फर्जि हस्ताक्षरसहित पत्र पठाएका छन् । गैरआवासीय नेपाली संघको तर्फबाट स्पेनबाट प्रतिनिधत्व गर्ने चिन्तामणी सापकोटाले संघको वेवसाइटबाट नाम कपीपेष्ट गरेर फर्जि काम गरेको पुष्टि भएको छ ।

एनआरएनए स्रोतका अनुसार अधिकांसको हस्तारक्षर भन्दै सापकोटाले संघको आइसीसीमा इमेल गरेका थिए । ६६ जनामा मध्ये संघका उपाध्यक्ष मन केसी र रविना थापाको नाम समेट मुछिएको थियो । जबकी, उनीहरुले सो पत्रमा आफ्नो सहमति बारे केही बताएका छैनन् ।

कीर्ते हस्ताक्षर प्रमाणित भए संघको अनुशासन समितिले कारवाही गर्न सक्ने अधिकार रहेको छ । यस्तै, साइवर अपराध अन्तर्गत पनि कारवाही हुनसक्ने देखिन्छ ।

गैरआवासीय नेपाली संघको गत अक्टोबरमा काठमाडौंको ह्यात होटलमा भएको सम्मेलनमा प्रतिनिधिहरुबाट लज्जाजनक गतिविधि भएको थियो ।

राजनीतिक दलहरु सम्मिलित निर्वाचनमा जस्तो गतिविधिकै कारण सम्मेलन अवरुद्ध बनेको थियो भने एनआरएनको गरिमामाथि नै प्रश्न उठेको थियो ।

आइसीसीहरुबाट प्रतिनिधि छनौटमा हुने मनोमानिको दृश्य सम्मेलनमा देखिएको थियो ।

विश्वभर छरिएका नेपालीहरुबाट सम्मेलनस्थलमा भएको क्रियाकलापकै कारण समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली अन्तिम समयमा अनुपस्थित भएका थिए ।

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  १० : ३३ बजे

कर्णाली प्रदेशसभाबाट हिमाली जिल्लामा नियमित हवाई उडान गर्ने ६ बुँदे संकल्पपत्र पारित

कर्णाली । कर्णाली प्रदेशका हिमाली जिल्लाको नियमित हवाई उडान गर्न

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौं । जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६

ढोरपाटनमा भारी हिमपात

ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी