१८ माघ २०८२, आइतबार | February 1, 2026

एनआरएन सुधार अभियानमा अवरोध प्रयास, महासचिव शर्मा विरुद्ध फर्जी उजुरी



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई सुधार गर्ने अभियानको नेतृत्व गरेका महासचिव डा. हेम राज शर्माको पहलविरुद्ध एनआरएनसम्बद्ध केही व्यक्तिहरुले फर्जी उजुरी सुरु गरेको भेटिएको छ ।

महासचिवविरुद्ध अध्यक्ष पन्तलाई बुझाइएको भनिएको ६६ जनाको हस्ताक्षर फर्जी भएको हस्ताक्षरपत्रमा नाम रहेका व्यक्तिहरुले नै स्पष्ट पारेका छन् ।

विश्वभर छरिएर रहेका लाखौं गैरआवासीय नेपालीलाई अझै पनि एनआरएनमा आवद्ध हुन सकेका छैनन् । एनआरएनलाई सबै गैरआवासीय नेपालीको प्रतिनिधि संगठन बनाउन हालका कतिपय पद्धतीलाई सुधार गर्ने अभियानमा महासचिव शर्मा लागेका छन् ।

शर्माकै पहलमा सुरु भएको सदस्यता शुल्कलाई निःशुल्क बनाउने, अनलाइन भोटिङ प्रणाली सुरु गर्ने र निर्वाचनमा प्रतिनिधि छनौटलाई पारदर्शी बनाउने विषयलाई कतिपय एनआरएनकर्मीहरुले पचाउन सकेका छैनन् ।

एनआरएन आईसीसीको हालैको बैठकमा यी एजेण्डाबारे छलफल भएको महासचिव शर्माले खबरकुरालाई बताए ।

‘आईसीसीमा महत्वपूर्ण एजेण्डामा सैद्धान्तिक विषयको उठान हुनसके पनि यसको अन्तिम निर्णय गर्ने अधिकार महाधिवेशनलाई मात्रै हुन्छ’, महासचिव शर्माले भने, ‘अहिले यो एजेण्डामा छलफल मात्रै सुरु भएको हो । पारित भएको छैन र हुन पनि सक्दैन ।’

तर, कतिपय सदस्यहरुले यो एजेण्डा अहिले नै लागु भैसक्यो भनेजसरी विरोधमा उत्रिएका छन् । उनीहरुले नै महासचि विरुद्ध अध्यक्षलाई फर्जि हस्ताक्षरसहित पत्र पठाएका छन् । गैरआवासीय नेपाली संघको तर्फबाट स्पेनबाट प्रतिनिधत्व गर्ने चिन्तामणी सापकोटाले संघको वेवसाइटबाट नाम कपीपेष्ट गरेर फर्जि काम गरेको पुष्टि भएको छ ।

एनआरएनए स्रोतका अनुसार अधिकांसको हस्तारक्षर भन्दै सापकोटाले संघको आइसीसीमा इमेल गरेका थिए । ६६ जनामा मध्ये संघका उपाध्यक्ष मन केसी र रविना थापाको नाम समेट मुछिएको थियो । जबकी, उनीहरुले सो पत्रमा आफ्नो सहमति बारे केही बताएका छैनन् ।

कीर्ते हस्ताक्षर प्रमाणित भए संघको अनुशासन समितिले कारवाही गर्न सक्ने अधिकार रहेको छ । यस्तै, साइवर अपराध अन्तर्गत पनि कारवाही हुनसक्ने देखिन्छ ।

गैरआवासीय नेपाली संघको गत अक्टोबरमा काठमाडौंको ह्यात होटलमा भएको सम्मेलनमा प्रतिनिधिहरुबाट लज्जाजनक गतिविधि भएको थियो ।

राजनीतिक दलहरु सम्मिलित निर्वाचनमा जस्तो गतिविधिकै कारण सम्मेलन अवरुद्ध बनेको थियो भने एनआरएनको गरिमामाथि नै प्रश्न उठेको थियो ।

आइसीसीहरुबाट प्रतिनिधि छनौटमा हुने मनोमानिको दृश्य सम्मेलनमा देखिएको थियो ।

विश्वभर छरिएका नेपालीहरुबाट सम्मेलनस्थलमा भएको क्रियाकलापकै कारण समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली अन्तिम समयमा अनुपस्थित भएका थिए ।

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  १० : ३३ बजे

बालेनको चुनावी प्रचारका क्रममा अछाममा बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

ल्याण्डमार्क स्पेल-बी च्याम्पियनसिपको उपाधि कान्ति माविलाई

बुटवल । ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औँ स्थापना दिवसको

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए

भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले भेनेजुएलाको तेल किन्नका

बाँकेमा निर्वाचन आचासंहिता पालनामा कडाइ

नेपालगन्ज । निर्वाचन आचारसंहिता पालना गर्न बाँकेमा कडाइका साथ निगरानी