२७ बैशाख २०८३, आइतबार | May 11, 2026

ओभरटेक गर्दा ट्रकभित्र मोटरसाइकल छिर्‍यो, एकजनाको मृत्यु



काठमाडौं । स्याङ्जामा ट्रकभित्र मोटरसाइकल छिर्दा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा वालिङ नगरपालिका-९ क्याम्पस रोडका १६ वर्षीय सुशील गुरुङ छन्। उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा आइतबार राति ११ बजे मृत्यु भएको स्याङ्जा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताए।

उनका अनुसार राति सवा १० बजे वालिङ नगरपालिका-८ डुम्रिकोटस्थित सिद्धार्थ राजमार्गमा वालिङबाट भकुण्डेतर्फ जाँदै गरेको ग१ख ९४७२ नम्बरको ट्रकलाई लु६९प ८०७६ नम्बरको मोटरसाइकलले ओभरटेक गर्दा दुर्घटना भएको थियो।

ओभरटेक गर्ने क्रममा मोटरसाइकल ट्रकको बीचमा पसेको प्रहरीले जनाएको थियो। मृतक गुरुङ मोटरसाइकलको पछाडि सवार थिए।

ट्रक चालक पर्वत कुश्मा नगरपालिका-१२ का ३९ वर्षीय दिवाकर लामिछाने र मोटरसाइकल चालक वालिङ नगरपालिका-८ का १७ वर्षीय हेमन्त राना प्रहरीको नियन्त्रणमा छन्।

 

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ९ : ४२ बजे

दोस्रो राष्ट्रिय महिला फुटबल : अभिशेक चर्च अन्तिम चारमा

बुटवल । बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ अन्तरगत

कोहलपुरमा एक सय आठ घरटहरा हटाइयो

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

रुपन्देहीमा सार्वजनिक शान्तिमा खलल पुर्याउने ११ जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा शान्ति सुरक्षामा खलल पुर्याउने

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ

नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको