२८ भदौ २०८३, आइतबार | September 13, 2026

एटीएम प्रयोगमा कुनै पनि शुल्क नलिन राष्ट्र बैंकको निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जुनसुकै संस्थाको एटीएम कार्ड प्रयोग गरे पनि कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले कोरोनाका कारण नागरिक बैंक तथा वित्तीय संस्थामा जाने अवस्था नभएकाले जुनसुकै संस्थाको एटीएम प्रयोग गर्न सक्ने भएकाले कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको हो ।

यसअघि पनि राष्ट्र बैंकले यस्तै निर्देशन जारी गरेको थियो । गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउनको समयमा केन्द्रीय बैंकले त्यस्तो निर्देशन दिएको र बैंक तथा वित्तीय संस्थाले समेत पालना गरेका थिए ।

पछिल्ला दिनमा केही बैंक तथा वित्तीय संस्थाले त्यस्तो व्यवस्थामा पुनः विचार गरी शुल्क लिन थालेका थिए ।
पछिल्लो पटक पुनः काठमाडौँ उपत्यकालगायतका विभिन्न स्थानमा कोरोनाको सङ्क्रमण बढेपछि निषेधाज्ञा जारी गरिएको छ ।

यस अवस्थामा नागरिकले सहज रुपमा बैंकिङ सेवा लिन पाउन् र कुनै पनि प्रकारको शुल्क तिर्नु नपरोस् भन्ने ध्येयका साथ पुनः निर्देशन दिइएको हो ।

केन्द्रीय बैंकले विद्युतीय भुक्तानी कार्ड जारी गर्दा अपनाउनुपर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्थानुसार एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क नलिन भनेको हो ।

यस्तै एटीएम कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अगावै सोको जानकारी ग्राहकलाई दिनुपर्ने र कार्ड नवीकरण शुल्कका बारेमा समेत जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै कार्डबाट एक पटकका रु २५ हजार र दैनिक रु एक लाखसम्म रकम झिक्न पाउने व्यवस्था कायमै रहेको छ ।

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  ६ : ४५ बजे

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध

न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन तयार

काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू