१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

भोली ऐतिहासिक जितगढी किल्लामा चौथो राष्ट्रिय नृत्य दिवस मनाइने



बुटवल । ऐतिहासिक जितगढी किल्लामा चौथो संस्करणको राष्ट्रिय नृत्य दिवस मनाइने भएको छ । नृत्य निर्देशक संघ नेपाल, लुम्बिनी प्रदेशको आयोजना तथा बुटवल उपमहानगरपालिका र नृत्य निर्देशक संघ रुपन्देहीको सहकार्यमा मंगलबार दिवस मनाउन लागिएको हो ।

सोमबार पत्रकार सम्मेलन गरी नृत्य निर्देशक संघ नेपाल, लुम्बिनी प्रदेशका अध्यक्ष लोकेन्द्र शाहले कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिए । ऐतिहासिक जितगढी किल्लाको प्रचारप्रसारमा टेवा पु¥याउने उद्देश्यले जितगढीमै यो कार्यक्रम आयोजना गरीएको अध्यक्ष शाहले बताए । विभिन्न जिल्लाबाट आएका सहभागीले विभिन्न समुदाय, जातजातिको साँस्कृतिक नृत्य प्रस्तुत गर्ने उनले बताए ।

अध्यक्ष शाहका अनुसार कार्यक्रममा बिभिन्न प्रदेश र जिल्लाबाट आएका १५ भन्दा बढी टिम सहभागी हुनेछन् । भने कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरीएको छ । नेपालका पहिलो लोक नृत्य निर्देशक मानिने भैरवबहादुर थापाको जन्मदिनको अवसर पारेर संघले हरेक यो दिवस मनाउँदै आएको छ । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उट्घाटन गर्ने कार्यक्रम रहेको संघका प्रदेश उपाध्यक्ष मिना बुढाथोकीले जानकारी दिइन् ।

बुटवल उपमहानगरपालिका र संघका सदस्यहरुले आर्थिक सहयोग गरी कार्यक्रम आयोजना गरीएको संघका कोषाध्यक्ष रजनी श्रेष्ठले बताइन् । राष्ट्रिय रुपमा नृत्य दिवस मनाउन सरकारलाई दवाब दिन नृत्य निर्देशक संघले दिवस मनाउँदै आएको संघका सचिव दावा शेर्पाले बताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ६ : ५२ बजे

बुटवल उद्योग वाणिज्य संघको ७३ औं स्थापना दिवस : पूर्वअध्यक्ष लाकौललाई सम्मान

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघका पूर्वअध्यक्ष निर्मलप्रसाद

चितवन-३ मा कस्तो छ चुनावी माहोल ?

चितवन । चितवन क्षेत्र नं ३ का नेपाली कांग्रेस र

बजेटलाई यथार्थपरक ‘साइज’मा ल्याउन मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना तर्जुमा

निर्वाचन स्थगित गराउने प्रयास हुँदैछन्, निर्धारित समयमै हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र