१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

ग्रिन प्लान्ट स्कुलका विशेष भुर्तेल बने १२ औँ दीप गायन तारा



बुटवल । बुटवल-८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलद्वारा मंगलबार आयोजित बाह्रौँ दीप गायन तारा प्रतियोगितामा ग्रिन प्लान्ट स्कुलका विशेष भुर्तेल दीप गायन तारा बन्न सफल भएका छन् ।

उनले प्रारम्भिक चरणबाट अन्तिम प्रतिष्पर्धाका लागि छनोट भएका १९ प्रतियोगीहरुलाई पछि पार्दै उनी दीप गायन तारा बन्न सफल भएका हुन् । प्रतियोगिताको प्रारम्भिक चरणमा माघ २५ गते रुपन्देही जिल्लाभित्रका कक्षा १० सम्म अध्यापन हुने माध्यमिक विद्यालयका ३१ जना प्रतियोगीहरुले गीत प्रस्तुत गरेका थिए ।

अन्तिम प्रतिस्पर्धाबाट इन्टेलेक्चुअल एकेडेमीकी निहारिका ढुङ्गाना द्वितीय, सन मोडेल इङ्ग्लिश बोर्डिङ स्कुलकी दीक्षा पुन तृतीय र बुद्धदीप इङ्ग्लिश बोर्डिङ स्कुलकी शान्ति गुरुङ तथा कान्ति मा।वि।की क्रिस्टिना खनालले सान्त्वना स्थान हासिल गरेका छन् ।

प्रतियागितामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वना हुने २ जनाले दुई÷दुई हजारका साथ सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

त्यसैगरी बुटवल उपमहानगर पालिका माध्यमिक शिक्षा शाखाका प्रमुख टीकाराम पन्थीले दीप बोर्डिङले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुको गायन प्रतिभा पहिचानमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

त्यसैगरी बुटवल नगर शिक्षा समिति सदस्य तथा तिनाउ अंग्रेजी बोर्डिङ स्कुलका प्राचार्य यज्ञमूर्ति पाण्डेले आफूले दीप बोर्डिङ स्थापनाको सुरुवाती अवस्थामा अध्यापन गरेको बताउँदै दीपले शैक्षिक क्षेत्रमा फड्को मारेको बताए भने दीप बोर्डि प्रविधिमैत्री शिक्षामा अगाडि बढ्दै संस्थागत विद्यालयको पक्तिमा राम्रो नमूना बनिरहेको बताए ।

त्यसैगरी कार्यक्रममा अभिभावक महासंघका केन्द्रीय सदस्य तथा रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले गुणस्तरीय शिक्षा, प्रतिभा पहिचान, संस्कार र संस्कृतियुक्त शिक्षामा महत्वपूर्ण कार्य गर्दै आइरहको र यसले आगामी दिनमा अझै उन्नति गर्दै जाओस् भन्ने शुभकामना दिए ।

कार्यक्रममा दीप सांस्कृतिक परिवारका विद्यार्थीहरुले गुरु वन्दना, गणेश वन्दना, स्वागत गीत, नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्ड बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारीले दीप बोर्डिङले राष्ट्रिय कलाकार जन्माउने प्लेटफर्म तयार गरेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजुको अध्यक्षता, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्य, राष्ट्रिय परीक्षा बोर्ड बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारी, अभिभावक संघ लुम्बिनी प्रदेशका अध्यक्ष हेम थापा, अभिभावक संघका केन्द्रीय सदस्य तथा रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, बुटवल उपमहानगरपालिका वडा नं. ८ का वडाअध्यक्ष यज्ञप्रसाद पङ्गेनी, बुटवल उपमहानगर पालिका माध्यमिक शिक्षा शाखाका प्रमुख टीकाराम पन्थी, राष्टिय परीक्षा बोर्ड बुटवलका शाखा अधिकृत बाबुराम भण्डारीको विशिष्ट आतिथ्य, हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसाल, एभरेष्ट मा.वि.का प्राचार्य कृष्णप्रसाद न्यौपाने, स्कोलार्स होम बोर्डिङका प्राचार्य बाबुराम बन्जाडे, गार्गी एकेडेमीका कोडिनेटर समिर अधिकारी, सयपत्री क्याम्पसका प्रमुख बासु घिमिरे, समिट बोर्डिङका प्राचार्य टंक रेग्मी, सिद्धार्थ बोर्डिङ स्कुलका प्राचार्य याम बहादुर राना, विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाई, प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य त्रय सुरेन्द्र कुमार शाक्य, ज्ञानु थापा, कलाधर अर्याल, वि.व्य.स. सदस्य वसन्तकुमार जोशी, वि.व्य.स. सदस्य तथा लेखाप्रमुख रेखा श्रेष्ठ, कार्यक्रम संयोजक श्याम बस्याल लगायतको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा प्राचार्य टीकाराम न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेय, विजय सापकोटा र विपिन ढकालले संयुक्त रूपमा गरेका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ७ : १९ बजे

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र

फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

काठमाडौँ । सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध

रौतहटमा पुनः कर्फ्यु कडाइका साथ लागू, झडपमा संलग्न २० जना पक्राउ

काठमाडौं । रौतहट जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ८:३० बजेदेखि

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र

गुल्मी । यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान

मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना, २२ जना यात्रु घाइते

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा आज