२९ भदौ २०८३, सोमबार | September 14, 2026

टोल विकासका पदाधिकारीको क्षमता विकास गर्दै सिद्धार्थनगर



भैरहवा । ७ दिन अघि माइक समात्दा समेत अतालिन्थे तर आज स्थिती फेरिएको छ आज निर्धक्ता साथ बोल्ने भएको छु यो भनाई सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा बुद्ध शान्ति टोल सुधार समितिको समन्वयमा प्रशिक्षार्थीको रुपमा सहभागि अमृता रानाको हो । “कृषि, स्वास्थ्य, पर्यटन, उद्योग, व्यापार र शिक्षा, हराभरा बुद्धभूमि सिद्धार्थनगरको इच्छा” भन्ने मूल नारालाई आत्मसाथ गर्दै ७ दिने क्षेमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै प्रशिक्षार्थी तिलक रानाले सहज र सरल वातावरणमा सिक्ने अवसर पाएको बताए ।

सिद्धार्थनगर नगरपालिका वडा नं ३ मा गठित टोल सुधार समितिका पदाधिकारीलाई उदघोषण कला तथा माईन्यूट लेखन सम्बन्धी अभिमूखीकरण कार्यक्रम २०८१ को समापनमा बोल्दै सिद्धार्थनगरपालिका वडा नं ३ का कार्यक्रमका कार्यबाहक अध्यक्ष गयतीरा हरिजनले यस खालका कार्यक्रमको आवश्यक्ता रहेको बताउँदै यस खालका तालिमलाई निरन्तरता दिन आग्रह गरीन् ।

कार्यक्रममा बोल्दै बुद्ध शान्ति टोल सुधार समितिका अध्यक्ष गिरीजापति मिश्रा आगामी दिनमा टोल भेला गरी सबैलाई अवसर दिने काम गरीने प्रतिवद्धता व्यक्त गरे । ७ दिने तालिममा वडा नं ३ का सम्पूर्ण टोल सुधार समितिका पदाधिकारी र सदस्य गरी जम्मा ३५ जनाको उपस्थिती रहेको कार्यक्रमको संचालन सिद्धार्थ नगरनगरपालिका सामाजिक शाखा अधिकृत लक्षमण गिरीले संचालन गरेका थिए भने कार्यक्रममा आइटी अधिकृत तपन पाण्डे, एम आइ एस अपरेटर ज्योत्सना हरिजन लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ८ : ०२ बजे

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौं । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको

ग्याँस संकट : घरधनी छतमा दाउरा बालेर पकाउने, डेरावाल भोकै !

काठमाडौं । अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन ।

भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौं । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका