७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमित, सबैजना विदेशबाट आएका नागरिक रहेको चीनको दावी



एजेन्सी । चीनमा केही दिनयता कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएका बताइएको छ । सोमबार दिइएको जानकारी अनुसार चीनमा गएको २४ घन्टायता कोरोना भाइरसका १७ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सोमबार चीनमा १७ जना नयाँ सङ्क्रमित भेटिएका छन् भने यो २४ घन्टामा यहाँका २४ जना निको भएर घर फर्र्किएका छन् ।

केही हप्ता यता चीनले आफ्नो देशमा कोरोना भाइरस सङ्क्रमित नभेटिएको बताए पनि विदेशबाट आउनेहरुमा कोरोना भाइरस देखिएको बताउँदै आएको छ ।

गएको २४ घन्टामा देखिएका भनिएका ती १७ जना पनि सबै जना विदेशबाट आएका नागरिक रहेका चीनका स्वास्थ्य अधिकारीहरुले बताएको हो ।चीनमा यो समेत गरी यस भाइरसका ८ हजार ५४८ जना सङ्क्रमित भेटिएका हुन् । त्यस्तै यहाँका ४ हजार ६३४ जनाको ज्यान गएको छ ।

तर चीनको जनजीवन अहिले सामान्य भइसकेको छ । त्यहाँ कहिलेकाहिँ र त्यो पनि विदेशबाट आएका नागरिकमा यो भाइरस देखिने गरेको बताइएको छ

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  १ : २३ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल