२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

नेपालगन्ज मेडिकल कलेजबाट सञ्जीवनीको बोर्ड हटाउन नेपालगन्ज उपमहानगरको निर्देशन



नेपालगन्ज । सञ्जीवनी कलेज अफ मेडिककल साइन्सद्वारा संचालित मेडिकल कलेजको बोर्ड लगाएर लर्डबुद्ध एजुकेशन एकेडेमीबाट कारोबार गरिरहेको सञ्जिवनीका संचालकहरुलाई नेपालगन्ज उपमहानगरपालिकाले बोर्ड हटाउन र स्वीकृतिको प्रमाण पेश गर्न पत्राचार गरेको छ ।

सञ्जिवनी कलेजका संचालकहरुले लर्डबुद्धद्वारा संचालित नेपालगन्ज मेडिकल कलेजलाई भाडामा लिएर आफ्नो ब्यवसाय सुरुगरेपछि लर्डबुद्धका कर्मचारीलाई हटाउने र सरुवा गर्ने कार्य गरिरहेका बेला उपमहानगरपालिकाले अनाधिकृत बोर्ड लगाएर कारोबार गरेको भन्दै पत्राचार गरेको हो ।

नेपालगन्ज उप-महानगरपालिकाले सञ्चालित लर्ड बुद्ध एकेडेमी लीमिटेड द्वारा भाडामा लिई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जको बाहिर नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह कतैवाट पनि अनुमति प्राप्त नगरी ‘सञ्जीवनी कलेज अफ मेडिकल साइन्सद्धारा सञ्चालित नेपालगञ्ज हस्पिटल’ भन्ने बोर्ड टाँसिएको र भित्र लर्ड बुद्धको नाममा कारोबार भइरहेको तथ्यप्रति यस उप-महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको पत्रकार जनाएको छ ।

उपमहानगरले पत्र प्राप्त भएको २४ घण्टाभित्र उक्त सञ्जीवनी कलेज सञ्चालनको लागि नेपालको संविधान बमोजिमका तीन तहका सरकारमध्ये कहीँ कतैवाट अनुमति प्राप्त भएको भए सो प्रस्तुत गर्न र प्राप्त नभएको भए उक्त बोर्ड हटाई कानून बमोजिम अनुमति प्राप्त गरेर अनुसार कारोबार गर्नगराउन निर्देशन समेत गरेको छ।

निर्देशन पालना नगरिए उप महानगरपालिकाले आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउने समेत चेतावनी दिएको छ । सञ्जिवनी व्यवस्थापनले भाडामा कलेज लिएसँगै ट्रेड युनियनमा संगठित कर्मचारीलाई युनियन छाड्न दवाव दिने, सरुवा गर्ने तथा आन्दोलन गरे बापत हटाउने जस्ता कार्यहरु गरेको कर्मचारीहरुले बताउँदै आएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ३ : २४ बजे

नेपाल मोबिलिटी एक्स्पो-२०२६ सुरु

काठमाडौं । आजदेखि नेपाल मोबिलिटी एक्स्पो–२०२६ काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको

प्रधानमन्त्री वालेन्द्र र सभामुख अर्यालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच मंगलबार

मुस्ताङमा अवैध ढंगले कालीगण्डकी उत्खनन गर्नेहरु प्रहरी नियन्त्रणमा

मुस्ताङ । कालीगण्डकी नदीको अवैध उत्खनन गर्ने सात व्यक्ति र

बालेन-रविका भ्रमका पर्दा उघ्रिँदै जानु सकारात्मक पक्ष हो : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी

बुटवल र भैरहवामा आयल निगम आफैँले ग्यास वितरण सुरु गर्‍यो

बुटवल । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि नेपाल