२० मंसिर २०८२, शनिबार | December 6, 2025

पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन

बुवालाई महेन्द्रले जेल हालेपछि बहस गरेर छुटाउन शारदाले पढेकी थिइन् कानुन



काठमाडौँ । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको ८४ वर्षको उमेरमा निधन भएको छ ।
उनको शुक्रबार बिहान शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । परिवारका अनुसार उनको शुक्रबार नै अन्त्येष्टि गरिने छ।

श्रेष्ठ नेपालको पहिलो महिला न्यायाधीश र सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश हुन्। २०६१ वैशाखमा सर्वोच्च प्रवेश गरेकी श्रेष्ठ २०६५ जेठमा सर्वोच्चबाट बिदा भएकी थिइन्।

राजा महेन्द्रका पालामा आफ्नो बुवालाई अराष्ट्रिय तत्व भनेर जेल हालेपछि अदालतबाट छुटाउनकै निम्ति शारदाले कानुन विषय पढेकी थिइन् ।

अहिले सर्वोच्च, उच्च र जिल्ला अदालतमा गरी ४३ जना महिला न्यायाधीश छन्। यो कुल न्यायाधीश संख्याको १०.५३ प्रतिशत मात्रै हो।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  १२ : ५० बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय