२ बैशाख २०८३, बुधबार | April 15, 2026

कोटेश्वर–जडीबुटी सडक विस्तार सुरु



काठमाडौं । राजधानीको कोटेश्वर–जडीबुटी सडक विस्तार सुरु भएको छ । सो सडकखण्ड विस्तार भएसँगै लामो समयसम्म जाम हुने अवस्थाको अन्त्य हुने सरकारको विश्वास छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले सोमबार सडक विस्तार स्थल पुगी निर्धारित समयमा नै काम सम्पन्न गर्न निर्देशन दिएका छन् । साथै उनले जामको दीर्घकालीन समाधान गर्न सरकारले यस क्षेत्रमा ‘अण्डरपास तथा फ्लाइओभर’ निर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग सहकार्य गर्ने तयारी गरिरहेको जानकारी दिए ।

राजधानी भित्रिने मुख्य पूर्वी नाकाका रूपमा रहेको कोटेश्वर-जडीबुटी सडक विस्तार कार्य सुरु भई ट्र्याक खोल्ने काम भइरहेको डिभिजन सडक कार्यालय, काठमाडौंका प्रमुख कुबेर नेपालीले जानकारी दिए ।

सो सडकखण्डको कुल लम्बाइ पाँच सय मिटर रहेको छ । ‘अबको एक हप्ताभित्र ट्र्याक खोल्ने काम सम्पन्न हुनेछ, त्यसलगत्तै सडक कालोपत्रेका लागि बोलपत्र आह्वान गरिनेछ’’ उनले थपे, ‘कात्तिकभित्र ठेक्का प्रक्रिया सम्पन्न हुनेछ र त्यसको छ महिनाभित्र विस्तारका सबै कार्य सम्पन्न हुनेछ ।’

उक्त सडक विस्तारका लागि अब कुनै पनि बाधा अवरोध नरहेको स्पष्ट पार्दै उनले विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का साथै जग्गा अधिग्रहणको कामसमेत सम्पन्न भइसकेको जानकारी दिए ।

उनका अनुसार उक्त सडकखण्ड विस्तारका लागि सडकको उत्तरतिर एक लेन र दक्षिणतिर तीन लेन विस्तार गर्ने गरी जग्गा अधिग्रहण गरिएको हो । यो सडक खण्डको विस्तार कार्य कुल १२ करोड रुपियाँ लागतमा भइरहेको छ भने साढे सात रोपनी जग्गा अधिग्रहण गरिएको छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ७ : ३७ बजे

‘उपभोक्ताले सहजै पाउँदैनन् काठ’

घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिका-१, सुख्खडकी विमला बुढाथोकीको घरछेउमै सामुदायिक

‘विपद् आउँदा समुदाय नै अगाडि आउनुपर्छ’

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकामा विपद् जोखिम न्यूनीकरण

राजस्व चुहावट रोक्न भन्सार नाकामा कडाई

झापा । राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले पूर्वीनाका

नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ

पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव