७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

भारतको उत्तराखण्डमा हिमपहिरो, ४१ जना कामदार बेपत्ता



काठमाडौँ । भारतको उत्तराखण्डस्थित चमोलीको मानामा हिमपहिरोका कारण सडक निर्माणमा संलग्न ५७ जना कामदार फसेका छन् । भारतीय मिडियाहरुका अनुसार अहिलेसम्म १६ जना कामदारलाई उद्धार गरिएको छ र उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । हिमपहिरोमा अझै पनि ४१ जना कामदार बेपत्ता रहेका छन् ।

शुक्रबार दिउँसो बद्रीनाथ धाम अगाडि मानामा हिमनदी फुटेका कारण यो दुर्घटना भएको हो । सो स्थानमा सेनाको आवतजावतका लागि सडकबाट हिउँ हटाउन खटिएका ५७ जना कामदारहरू उपस्थित रहेको बेला घटना भएको बताइएको छ ।

अहिले सेनासँगै उद्धार टोलीहरू घटनास्थलमा पठाइएको छ । पानी र हिउँ परिरहेकोले उद्धारमा कठिनाई भएको बताइएको छ साथै खराब मौसमका कारण हेलिकप्टरको प्रयोग गर्न पनि नसकिएको बताइएको छ ।

केन्द्रीय गृहमन्त्री अमित शाहले पनि घटना बारे एक्समा लेखेका छन्- ‘उत्तराखण्डको चमोलीमा हिमनदी फुटेको बारेमा मुख्यमन्त्री पुस्कर धामीसहित डिजी, आइटीबीपी र एनडीआरएफ डिजीसँग कुरा गरेँ । हाम्रो प्राथमिकता दुर्घटनामा फसेका मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्नु हो । स्थानीय प्रशासन पूर्ण तयारीका साथ उद्धार कार्यमा जुटेको छ । दुई एनडीआरएफ टोलीहरू पनि चाँडै घटनास्थलमा पुग्दैछन् ।’

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ५ : ३७ बजे

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा – तीन दिनको पदमार्ग चार घण्टामा

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा स् तीन दिनको

घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती

कञ्चनपुर । कञ्चनपुरमा स्तनपान गराउने आमाहरूको सङ्ख्या क्रमशः घट्दै गएको

चितवनमा मह उत्पादनमा कमी

चितवन । जिल्लामा यस वर्ष मह उत्पादनमा कमी आएको छ

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

म्याग्दी । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत म्याग्दी,

अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर

गण्डकी । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित पोखरा बसपार्क र पोखराको मध्यभागबाट