२५ असार २०८३, बिहिबार | July 9, 2026

प्रयोगात्मक नम्बर कम दिएको भन्दै विद्यार्थीद्धारा विद्यालयमा तालाबन्दी



बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा रहेको गुँरास माध्यमिक विद्यालयमा १८ महिने कृषि जेटिएमा अध्ययनरत विद्यार्थीहरुले ताला लगाएका छन् । विद्यालयले प्रयोगात्मक नम्बर कम दिई अनुतिर्ण भएपछि विद्यार्थीहरुले प्राविधिक शिक्षा कार्यक्रम तर्फको गेटमा र प्रशासनिक भवनमा तिन बुँदे माग राख्दै ताला लगाएका हुन् ।

गुराँस माध्यमिक विद्यालयमा सञ्चालित सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम अन्र्तगत १८ महिने कृषि जेटिएमा अध्ययनरत विद्यार्थीहरुलाई प्रयोगात्मक परिक्षामा अनुतिर्ण हुने गरी नम्बर दिएपछि त्यसको विरोध गर्दै ताला बन्दी गरेका हुन् ।

विद्यार्थीहरुले ताला बन्दी सँगै प्रेस विज्ञप्ती निकाली तिन बुँदे माग समेत सार्वजनिक गरेका छन् । विद्यार्थीहरुको अनुतिर्ण अंक सच्याउनु पर्ने, अंक सच्याउन नमिल्ने भए विद्यार्थीहरुलाई क्षतीपुर्ति दिनुपर्ने, प्रधानाध्यापक र कार्यक्रम संयोजकले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने माग राखेका छन् ।

विद्यालय र विद्यालयले खटाएका सुपरिवेक्षकको लापरबाहीका कारण लिखितमा उतिर्ण भएपनि प्रयोगात्मक परिक्षामा अनुतिर्ण हुँदा २१ जना विद्यार्थी अनुत्तिर्ण भएका छन् । विद्यालयले गत बर्ष अन्तिम परीक्षाको लागि बाह्य सुपरिवेक्षकको रुपमा प्रकाश गौतम र झलक खड्कालाई खटाएको थियो । सिटिइभिटीको नियमानुसार प्रयोगात्मक परीक्षाको पूर्णांक २० भएपनि सुपरिवेक्षकले पूर्णाकं १२ मानेर नम्बर दिएपछि ३९ जना विद्यार्थीमध्ये प्रयोगात्मक विषयमा ६ जना मात्र उतिर्ण भएको विद्यार्थीहरुले बताएका छन् । प्रयोगात्मक नम्बर नै कम भएको कारणले नै विद्यार्थीहरुको एक बर्ष त्यसै खेर जाने भएको छ ।

आफ्नो माग पुरा नभएसम्म ताला नखोल्ने पीडित विद्यार्थी सुनिता भण्डारीले बताईन् । विद्यालयले आफुहरुको भविष्य माथि खेलवाड गरेको बताउँदै उनले घटनाको बारेमा छानविन गरी दोषीलाई कारवाही गर्न माग गरिन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेवालाल गौतमले विद्यार्थीहरुको माग पुरा गर्नका लागि तयार भएको बताउँदै छिट्टै नै बैठक राखिने जानकारी दिए ।

सामुदायीक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रमका संयोजक चेतनाथ कोईरालाले विद्यार्थीको प्रयोगात्मक अंक दिनुमा आफ्नो भुमिका नभएको बताए । पीडित विद्यार्थीले भने कार्यक्रम संयोजकले जिम्मेवारीबाट भाग्न खोजी अरुलाई आरोप लगाएको बताउंर्दै आएका छन् ।

परीक्षा सञ्चालन गर्ने सुपरिवेक्षकले २० नम्बर पूर्णाकंकोे साटो १२ नम्बर पूर्णाकं मानेर प्रयोगात्मक परीक्षाको नम्बर दिएपछि विद्यार्थीहरु अनुत्तिर्ण भएको गुराँस माध्यमिक विद्यालयका प्रधानाध्यापक केशवराज पौडेलले बताए ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ७ : २९ बजे

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट

पहिलो क्वाटरफाइनल खेल आजवाट : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

काठमाडौं ।  सन् २०२६ को फिफा विश्वकपको पहिलो क्वाटरफाइनल खेल

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’