१५ माघ २०८२, बिहिबार | January 29, 2026

अव काठमाडौंका सडकमा काल्पनिक ट्राफिक प्रहरीले ड्युटी गर्ने



काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गर्न भन्दै उपत्यकाका बिभिन्न स्थानमा काल्पनिक ट्राफिक प्रहरीको डमी बनाएर राखेको छ । सडक दुर्घटना न्यूनिकरण गर्नका लागि भन्दै महानगरीय ट्राफिक महाशाखाले काठमाडौ उपत्यकाको विभिन्न स्थानका सडकको छेउमा ट्राफिक डमी राखेको हो ।

ट्राफिक प्रहरी जस्तै देखिने डमीमा सवारी दुर्घटना न्युनिकरणका लागि प्रयोग हुने सचेतनाका प्रयोग हुने प्लेकार्ड राखिएका छन् । काठमाडौका २२ वटा स्थानमा राखिएका ट्राफिक डमीले ट्राफिक नियम उल्लङ्घन गरेमा रू. ५०० देखि १०,००० सम्म जरिवाना हुने जानकारी लेखिएको प्लेकार्ड बोकेर सडक छेउमा उभिएका छन् ।

टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण गर्ने, ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए । नजिकै पुगेपछि ट्राफिक सन्देश राखेको बोर्ड देख्ने हुनाले त्यो सन्देश सबैले पढ्ने र सचेतना बढ्ने ढकालले बताए ।

उनले ट्राफिककै आकृतिमा बोर्ड राखिँदा सवारी चलाउने बेला लापरवाही गर्नु हुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव चालकमा पर्ने र जनताले पनि ट्राफिक प्रहरीले दिनरात सेवा दिइरहेको अनुभूति गर्ने विश्वास लिएका छन् ।

ट्राफिक डमीहरू महाशाखाको पहलमा काठमाडौ महानगरपालिकासँग सहकार्य गरी राखिएको ट्राफिक महाशाखाले जनाएको छ ।

सिंहदरबार, सिंहदोबाटो, माईतिघर, नयाँ बानेश्वर चोक,बालुवाटार, एकेडेमी मोड, लैनचौर, भोटाहिटी, रणोद्विप, भद्रकाली, थापाथली, कालिमाटी चोक, कलंकी चोक, जडिबुटी चोक, कोटेश्वर चोक, गौशाला, पुरानो बानेश्वर चोक, ल्होत्से चोक, कृष्ण पाउरोटी, पद्मोदय मोड, नागढुङ्गा र जगातीमा सवारी चालकहरुले काल्पनिक ट्राफिक प्रहरी (डमी) देख्न सक्नेछन् ।

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  ९ : २६ बजे

निर्वाचनका लागि भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण