२७ कार्तिक २०८३, शुक्रबार | November 13, 2026

दक्षिण अमेरिकामा अचानक भीषण आँधी, २० जनाको मृत्यु



काठमाडौं । दक्षिण अमेरिकामा भीषण आँधी आएको छ । यसमा कम्तीमा २० जनाको मृत्यु भएको छ । तीमध्ये १२ जनाको मिसौरीमा मृत्यु भएको छ । यो आँधीले दक्षिण-पूर्वी राज्यहरूमा ठूलो क्षति पुर्‍याएको छ । धेरै सवारी साधन पल्टिएका छन् भने धेरै घरमा क्षति पुगेको छ ।

टेक्सासमा धुलोको आँधीका कारण कार दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । यसबाहेक ओक्लाहोमा र अर्कान्सासमा पनि जनधनको क्षति भएको खबर छ ।

ट्र्याकर पावरआउटेजका अनुसार शनिबार दिउँसो ६ राज्यका २ लाख ४० हजारभन्दा बढी घरमा बिजुली छैन। यी राज्यहरूमा टेक्सास, मिसौरी र इलिनोइस समावेश छन् ।

मध्य मिसिसिपी, पूर्वी लुइसियाना र पश्चिमी टेनेसीका लागि गम्भीर मौसम चेतावनी जारी गरिएको छ ।

यी तीन राज्यहरू बाहेक, अलाबामा र अर्कान्सासका केही भागहरूमा पनि बाढीको चेतावनी जारी गरिएको छ किनभने दक्षिणपूर्वमा मौसम खराब छ ।

राष्ट्रिय मौसम सेवाले यो अचानक आएको बाढीले धेरैले ज्यान गुमाउन सक्ने जनाएको छ । यसअघि शनिबार बिहान सेन्ट्रल मिसिसिपीमा आँधी आउन सक्ने भन्दै ‘हाई अलर्ट’ जारी गरिएको थियो । बीबीसी

प्रकाशित मिति : २ चैत्र २०८१, आइतबार  ८ : २३ बजे

भीमफेदी दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु, शवको पर्खाइमा आफन्त

सर्लाही । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी (इभी) दुर्घटनामा एकै

काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

काठमाडौं । काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स

भारत, चीन र इजरायलका प्रस्तावित राजदूतलाई एग्रिमो, नियुक्तिको बाटो खुल्यो

काठमाडौँ । भारत, चीन र इजरायलका लागि नेपाल सरकारले प्रस्ताव

उद्योगमन्त्री साह र भारतीय समकक्षी पीयुष गोयलबीच भेटवार्ता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका

छठ पर्वको भोलिपल्ट सोमबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा