२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

भैरहवामा धम्म यात्रा सम्पन्न, बाटोमा फूल छरेर भिक्षुको स्वागत



भैरहवा । पाँच सय जना श्रामणेर (अल्पकालीन भिक्षु)हरूको यात्रा ‘धम्म यात्रा’ शनिबार सम्पन्न भएको छ । भैरहवाको सिद्धार्थ रङ्गशालाबाट सुरु भएको धम्म यात्रा देवकोटा चोक, बैंकरोड, नारायणपथ हुँदै लुम्बिनी गेटमा समापन भएको थियो । लुम्बिनी गेटमा हजारभन्दा बढी स्थानीयले श्रामणेरहरूको स्वागतमा उनीहरूको पाऊमुनि फूल छरेर स्वागत गरेका छन् । धम्म यात्रासँगै श्रामणेरहरूको प्रवज्या कार्यक्रम पनि सम्पन्न भएको छ ।

थाइल्यान्डको धम्मकाय फाउन्डेसनको सहयोगमा अल्पकालीन क्लपुत्र प्रबज्या कार्यक्रम अखिल नेपाल भिक्षु महासङ्घ, थाई भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषसहितको सहआयोजनामा लुम्बिनीमा पाँच सय जनालाई प्रवज्या गराइएको थियो । प्रव्रज्या ग्रहण गरेपछि उनीहरू अब श्रावणेर अर्थात् अल्पकालीन भिक्षु बनेका हुन् । श्रावणेर र भिक्षुले धम्म यात्रा गर्दा सर्वसाधारणमा धर्म चच्छु पलाउने, करुणा, मैत्रीभाव उत्पन्न हुने हुँदा यसो गरिएको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु श्रीवजीरले बताए ।

अल्पकालीन भिक्षुहरूले पहेलो चीवर लगाएर बुद्ध धर्मका १० नियम पालना गर्नुपर्ने छ । सामान्य अनुयायीले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नुपर्ने छ । भिक्षु बन्नका लागि भने दुई सय २७ वटा नियम पालना गर्नुपर्ने छ ।

धम्मयात्रा शब्द ‘धम्म’ र ‘यात्रा’ मिलेर बनेको हो । ‘धम्म’ को अर्थ कुशल कर्म हो भने ‘यात्रा’ को अर्थ लाग्नु हो । धम्म यात्राको अर्थ कुशल कर्मतिर लाग्नु वा कुशल कर्मसँगै प्रस्थान गर्नु हो । बुद्ध धर्मका विभिन्न १० वटा शील पालना गरेर उनीहरू श्रावणेर बनेका हुन । उनीहरूलाई पहेलो चिवर प्रदान गरिएको थियो । यसरी श्रावणेर बनेका व्यक्तिले शील पालना, ध्यानका साथै बुद्ध शिक्षासम्बन्धी कक्षा लिएको भिक्षु श्रीवजीरले बताए । “प्रवज्या भनेको भगवान् बुद्धले ज्ञान प्राप्त गर्नुभन्दा अगाडि उनले आफ्नो राजपाट र घरगृहस्थ त्याग गरेर सन्यासी भए, त्यसैलाई हामीले प्रवज्या भन्छौँ”, श्रीवजीरले भने, “प्रवज्या जीवनबाट नै भगवान् बुद्धले आफ्नो ज्ञानको मार्ग सुरु गर्नुभएको थियो ।”

नयाँ भिक्षुलाई धार्मिक र आध्यात्मिक शिक्षा दिनका साथै समाजमा सहिष्णुता र समानताको मूल्य स्थापित गर्न र विशेषगरी युवापुस्तालाई प्रोत्साहित गर्न भिक्षु प्रवज्या कार्यक्रम महत्त्वपूर्ण हुने गरेको छ । धम्मकाय फाउन्डेसनको आयोजनामा भएको धम्म यात्रालाई बौद्ध समाज नेपालले सहजीकरण गरेको थियो । भगवान् गौतमबुद्ध फागु पूर्णिमाको दिन ज्ञानको प्राप्ति गरेकाले फागु पूर्णिमाको नजिक पर्ने गरी गत वर्षदेखि धम्म यात्रा गरिँदै आएको छ । गौतमबुद्ध ज्ञान प्राप्तिपछि बुबालाई भेट्नका लागि फर्किँदा अहिलेको भैरहवा क्षेत्र रहेको स्थानबाट नै फर्केका कारण भैरहवामा धम्म यात्रा गराइएको बौद्ध समाज नेपालका केन्द्रीय अध्यक्ष शङ्कर गाहाले बताए ।

यसरी प्रवज्या हुनेमा रुपन्देही, पाल्पा, कपिलवस्तु, नवलपरासी, दाङका साथै म्यानमार, थाइल्यान्ड, श्रीलङ्का, इन्डोनेसियालगायत रहेको बौद्ध समाज नेपालका वरिष्ठ उपाध्यक्ष हरिओम विश्वकर्माले बताए । उनले धम्म यात्राका क्रममा श्रामणेरहरूले बुटवल, बुद्ध मावली देवदहलगायत क्षेत्रको पनि भ्रमण गरेको जानकारी दिए । लुम्बिनीमा सन् २०११ मा एक हजार, २०१५ मा एक हजार एक सय १२, सन् २०१९ मा एक हजार एक सय १९, सन् २०२३ मा पाँच सय र सन् २०२४ मा एक हजार दुई सय ५० जनालाई प्रव्रज्या गराइएको थियो भने यस वर्ष पाँच सय जनालाई प्रव्रज्या गरिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ८ : ३७ बजे

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित

प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस, दाहाल र आङदेम्बेको असहमति

काठमाडौँ । संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा

संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक