४ पुस २०८२, शुक्रबार | December 20, 2025

सार्वजनिक ऋण व्यवस्थापन कार्यालय : आज १८ अर्बको ट्रेजरी बिल नवीकरण हुँदै



काठमाडौं। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले चैत ४ गते आज सोमबारका दिन १८ अर्ब ३० रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ ।

पछिल्लो समयमा बैंकहरुमा प्रशस्त तरलता रहेकाले ट्रेजरी बिलमा मागभन्दा निकै धेरै आवेदन पर्ने गरेको छ । जसले गर्दा डिस्काउन्ट रेट पनि घटेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ९१ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुन लागेको हो । यो ट्रेजरी बिल २०८२ असार ३ गते परिपक्व हुनेछ ।

त्यस्तै, १८२ दिनको लागि ४ अर्ब ३० रुपैयाँ बराबरका ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुन लागेको हो । उक्त ट्रेजरी बिल २०८२ भदै ३१ परिपक्व हुनेछ । साथै, १ वर्ष अवधिको लागि ९ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०८२ चैत ३ गते परिपक्व हुनेछ । बोलकबोलमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट सहभागी हुन सकिनेछ । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ ।

बैंक वित्तीय संस्थामा लगानी योग्य पुँजी पर्याप्त भएपछि ट्रेजरी बिलको ब्याजदरमा समेत गिरावट आएको हो । यसअघि फागुन २६ मा बोलकबोल भएको २८ दिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट २.९८ प्रतिशत कायम हुँदा ९१ दिन अवधिको ट्रेजरी बिलको २.९६ प्रतिशत र ३६४ दिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट ३।०३ प्रतिशत कायम भएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  १२ : ०८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको