१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

सिन्धुपाल्चोक लिदीका पहिरो पीडितलाई एनआरएनएको ५ लाख आर्थिक सहयोग



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ स्थित लिदीका पहिरो पीडितलार्ई ५ लाख आर्थिक सहयोग गरेको छ ।

पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर एक समारोहका बीच संघका उपाध्यक्ष सोनाम लामाले ५ लाख आर्थिक सहयोग हस्तान्तरण गरे ।

उपाध्यक्ष लामाले जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङ र वडाध्यक्ष प्रताप लामालाई संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेका हुन् ।

त्यसअवसरमा संघका उपाध्यक्ष सोनाम लामाले वर्तमान कोभिड (१९ को विषम परिस्थितिमा विश्वभर बस्ने गैरआवासीय नेपाली पनि प्रभावीत भएको बताउँदै अहिलेलाई थोरै राहत लिएर भावना साट्टासाट्टा गर्न मात्र आएको धारणा राखे ।

उपाध्यक्ष लामाले आगामी दिनमा वर्तमान कोभिड–१९ को परिस्थिति सहज भए पछि सरकारसँग समन्वय गरेर जाने बताए ।

गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले गैरआवासीय नेपाली संघलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा ठोस योजना बनाएर सहकार्य गरि अगाडि बढ्न तयार रहेको बताए।

सो कार्यक्रममा एनआरएनएको तर्फबाट बहराइनका पूर्व अध्यक्ष श्याम तामाङ, जुगल गाउँपालीका उपाध्यक्ष सिर्जना तामाङ र पीडितहरुको सहभागिता थियो

जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन् ।

पहिरोले ३९ घरमा पुर्णरुपमा क्षति पुर्‍याउँदा १५६ भन्दा बढी मानीसहरु प्रभावीत भएका छन् ।

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  ७ : ०७ बजे

सेवानिवृत्तलाई करार सेवामा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद्

आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३५ समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले बजेटमार्फत घोषणा

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा संघीय