११ माघ २०८२, आइतबार | January 25, 2026

लन्डनको एअरपोर्टमा आगलागी हुदाँ २४ घन्टा बन्द, १३५१ उडान प्रभावित



लन्डन । बेलायतको सबैभन्दा भन्दा ठुलो एअरपोर्ट नजिक आगलागी भएको छ। जसका कारण युनाइटेड किंगडमको हिथ्रो विमानस्थल शुक्रबार मध्यरातसम्म बन्द हुने भएको छ । विमानस्थल बन्द हुने भएपछि हजारौं यात्रुहरूको पुर्ववतयोजनामा जानवाट रोकिन पुगेका छन् ।

लन्डनको मुख्य एयरपोर्ट, जुन युरोपको सबैभन्दा व्यस्त गेटवे एअरपोर्ट मानिन्छ । सो बिमानस्थलका अनुसार बिमान स्थलमा बिधुत आपूर्ति गर्ने सबस्टेशनमा आगलागीका कारण समस्या देखा परेको छ ।

‘हाम्रा यात्रु र सहकर्मीहरूको सुरक्षा कायम गर्नका लागि हिथ्रो २१ मार्चको २४ घन्टा सम्म बन्द रहनेछ,’ हिथ्रो बिमानस्थलले एक्सको एक पोस्टमार्फत जानकारी दिएको छ, ‘तत्कालका लागि यात्रुहरूलाई यस एयरपोर्टमा यात्रा नगर्न सल्लाह दिइन्छ र थप जानकारीको लागि तिनीहरूको एयरलाइनमा सम्पर्क गर्नुहोला, हामी असुविधाको लागि क्षमा चाहन्छौं।’

उडान ट्र्याकिङ वेबसाइट फाइट राइडर २४ ले भन्यो कि, ‘यो बन्दले कम्तीमा १३५१ उडानहरूलाई असर गरेको छ।’

‘हामी यात्रुहरूलाई एयरपोर्टमा यात्रा गर्नबाट रोक्न प्रयास गर्दैछौं, र त्यसपछि ढिलाइ, डाइभर्ट वा रद्द गरिएका उडानहरूमा एयरलाइन साझेदारहरूसँग काम गर्छौं,’ हिथ्रोका प्रवक्ताले पत्रकारहरूसँग भने, ‘यात्रुहरूले पुनः बुकिङमा कायम गर्न एयरलाइन साझेदारहरूसँग सम्पर्क गर्न सक्छन्।’

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  २ : ३९ बजे

लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान सुरु, मुख्यमन्त्री आचार्यद्वारा पहिलो मतदान

दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित गर्न मतदान सुरु

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं । डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण

पर्यटकको रोजाइमा वेतना सिमसार

मोरङ । सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो

रौतहटको जयनगरमा फर्निचर मेला : उपभोक्ता र व्यवसायी आकर्षित

रौतहट । रौतहटको गरुडा नगरपालिका-१ जयनगरमा काठ तथा फलामका सामग्रीको

अण्डाको माग र मूल्य बढ्यो

चितवन । प्रतिनिधिसभाको निर्वाचन नजिँकिदै जाँदा अण्डाको माग उच्च भएको