२३ भदौ २०८३, मंगलबार | September 9, 2026

मगर महिला संघको आयोजनामा १५ दिने हाते तान बुन्ने तालिम सञ्चालन



तिलोत्तमा । नेपाल मगर महिला संघ लुम्बिनी प्रदेश समितिले मँगलबारदेखि तिलोत्तमामा १५ दिने हस्तकला सम्बन्धी हातेतान बुन्ने तालिमको सञ्चालन गरेको छ । नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, सानेपा, ललितपुरको आर्थिक सहयोगमा संघले सीप तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरेको संघका लुम्बिनी प्रदेश समिति अध्यक्ष केशरी तरामु मगरले जानकारी दिइन् ।

तिलोत्तमास्थित नालण्डा ह्याण्डिक्राफ्टमा सञ्चालन गरिएको तालिममा रुपन्देहीका १० जना मगर महिलाको सहभागिता रहेको छ । ‘सीप सिकौं, आत्मनिर्भर बनौं’-भन्ने मूल नाराकासाथ आयोजना गरिएको तालिम चैत्र २६ गतेसम्म सञ्चालन हुने अध्यक्ष तरामुले जानकारी दिइन् ।

सीपमूलक तालिमको माध्यमबाट महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन सकिने बताउँदै उनले सरकारी तथा गैरसरकारी क्षेत्रले यस्ता कार्यक्रमलाई आर्थिक रुपमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन् । तालिमको समुद्घाटन गर्दै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ्गले लगतशिल भएर तालिममा सहभागी भई प्राप्त सीपलाई व्यवहारमा लागू गर्न सुझाव दिए । महिला संघले समन्वय गरेर आर्थिक सशक्तिकरणको अभियान सञ्चालन गरेकोप्रति खुसी व्यक्त गर्दै उनले थप सिर्जनशिल र क्रियाशिल भएर लाग्न आग्रह गरे ।

संघका सहसचिव जुठीमाया पुनको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल मगर महिला संघ, रुपन्देही अध्यक्ष निर्मला थापा मगर, आदिवासी जनजाति महासंघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष आशा तमू, हातेतान बुन्ने कार्यक्रमका संयोजक तथा संघका कोषाध्यक्ष फूलमति घर्ति मगर, नेपाल मगर संघ, रुपन्देहीका अध्यक्ष थर्क बारघरे मगर, नेपाल मगर संघ, केन्द्रीय समितिका सहअध्यक्ष गंगा खासु मगर, नेपाल मगर महिला संघका केन्द्रीय सचिव चन्दा थापा मगर, आदिवासी जनजाति युवा महासंघका केन्द्रीय सचिव तथा लुम्बिनी इन्चार्ज राधिका श्रीस, संघका सदस्य सरस्वती हिस्की मगर तथा समाजसेवी नर बहादुर थापा लगायतले शुभकामना शुभकामना व्यक्त गर्दै तालिममा प्राप्त सीपलाई व्यवहारिक रुपमा प्रयोग गर्दै व्यवसायिक तथा आर्थिक रुपमा सशक्तिकरणका लागि आग्रह गरे ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ७ : १५ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी