२० माघ २०८२, मंगलबार | February 3, 2026

बालविवाह, शोषण, हिंसा, उत्पीडन र बेचबिखनबाट मुक्ति दिलाउन युवतीहरुलाई सिपमूलक तालिम



नेपालगन्ज । लुम्बिनी प्रदेशका पूर्व सहरी विकास मन्त्री कृष्णा केसी नमुना सहितको बाँके युनेस्को क्लबको अनुगमन टोलीले बर्दियामा सञ्चालित ग्रीन इकोनोमि परियोजनाको स्थलगत अनुगमन गरेको छ ।

प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा क्लबले राजापुर नगरपालिकामा सञ्चालन गरेको ग्रीन इकोनोमि परियोजना अन्तर्गतको बाँस हस्तकला तालिमको संयुक्त रूपमा अवलोकन अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा सहभागिहरुले तालिममा सिकेका कुराहरुको जानकारी लिनुका साथै उनिहरुको प्रयास र तालिमको अवस्थाको बारेमा पनि बिस्तृत जानकारी लिईएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताए ।

अनुगमनको क्रममा लुम्बिनी प्रदेशका पूर्व सहरी विकास मन्त्री नमुनाले युवतीहरूकालागि रोजगारी सिर्जना गर्न उनिहरुलाई यस्तो अवसर प्रदान गर्ने बाँके युनेस्को र प्लान इन्टरनेशनल नेपालको प्रयासको प्रशंसा गरिन् ।

उनले यस्ता सिपमूलक र रोजगारी सिर्जना गर्ने तालिमहरु ग्रामिण क्षेत्रमा बढी भन्दा बढी हुनुपर्ने जनाउँदै त्यसका लागि प्रदेस सरकारलाई आफुले पनि अनुरोध गर्ने बताइन् ।

बाँस हस्तकला तालिममा सहभागि १४ जना युवतीहरूले कुर्सी, टेबल, बस्ने स्टुल, बच्चाको झुला र पूजा गर्ने टोकरी जस्ता विभिन्न बाँसका वस्तुहरू बनाउँदै सो तालिम लिइरहेका छन् । तालिम समापन भएपछि उनीहरूले गरेको उत्पादनलाई बिक्रीको लागि बजारसँग जोडिने कार्य गरिने बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताए ।

सो तालिमको उद्देश्य बालविवाह, शोषण, हिंसा, उत्पीडन र बेचबिखनबाट मुक्त समाजमा सम्मानजनक जीवन बिताउन युवतिहरुलाई आत्मनिर्भर र आर्थिक रूपमा सक्षम बन्न रोजगारी सिर्जना गर्नु रहेको अध्यक्ष तुलाधरले बताए । उक्त तालिममा विकास चौधरीबाट प्रशिक्षण दिइएको क्लबले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ४ : २९ बजे

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज

देश जोगाउने दायित्व एमालेको काँधमा आएको छ : गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २