१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

आर्थिक युद्धमा अमेरिकालाई पराजित गर्दै चीन



नेपालका दुई विशाल छिमेकी । दक्षिणतिर भारत उत्तरतिर चीन । पृथ्वीनारायण शाहले सामरिक महत्वको नेपाललाई दुई ढंगाको तरुल बताए । अहिले नेताहरु नेपाल विश्वका दुई विशाल अर्थतन्त्र भएका मुलुकबीचको गतिशिल पुल बन्नुपर्ने भाषण गर्छन् ।

अझैपनि भारतसँग नेपालको अर्थतन्त्र निर्भर छ । व्यापारघाटा पनि सबैभन्दा धेरै भारतसँगै छ । चीनसँग व्यापार बढ्दैछ, व्यापार घाटा पनि निरन्तर बढ्दो छ । तर, विश्वका यी दुई विशाल अर्थतन्त्रको अहिलेको वास्तविक अवस्था कस्तो छ ? कोरोना भाइरसको महामारीका बीच विश्वको अर्थतन्त्र नै डामाडोल भैरहेका बेला भारत र चीनको अर्थतन्त्रले कुन दिशा देखाउँछ ? बीबीसी र साउथ चाइना मर्निङ पोष्टमा प्रकाशित रिपोर्ट अध्ययन गर्दा आर्थिक उत्सुकता मेटिन सक्छ ।

गत सोमबार जब भारतले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको जीडीपी आँकडा सार्वजनिक गर्यो, भारतीय नीतिनिर्माता र अर्थशास्त्रीहरु मात्र नभएर विश्वकै अर्थशास्त्रीहरुका लागि हैरान गर्ने विषय बन्यो । भारतीय अर्थव्यवस्था पछिल्लो ४० वर्षमा पहिलोपटक नराम्रोसँग खस्कियो । भारतको जीडीपी पहिलो त्रैमासिकमा २३ दशमलव ९ प्रतिशत ऋणात्मक हुँदा भारत सरकारले अहिलेसम्म जवाफ दिनै सकेको छैन । किनकी, उनीहरुको अधिकतम अनुमान यो भन्दा कम थियो ।

अर्थव्यवस्थाका सबै ग्रोथ नेगेटिभ देखिए । निर्माण एवं उत्पादन क्षेत्रमा दयनीय हालत देखियो । भारतमा जीडीपीको यस्तो तथ्यांक करिब २४ वर्षपछि ऐतिहासिक रुपमा सबैभन्दा बढी गिरावट भएको भारतीय अर्थशास्त्रीहरुले विश्लेषण गरेका छन् ।

यद्यपी, जीडीपीको यो आँकडा कोरोना भाइरस नियन्त्रित गर्न लगाइएको सुरुवाती महिनाको हो । तर, विश्वकै ठूलो अर्थव्यवस्थामा भारतको जीडीपीमा सबैभन्दा धेरै गिरावटले विश्वलाई नै चिन्तित बनाएको छ । हुन त सबै देशमा कोरोना भाइरसले अर्थव्यवस्थालाई नोक्शान गरेको छ, तर भारतको हालत सबैभन्दा चिन्ताजनक छ ।

महामारीबाट सबैभन्दा धेरै प्रभावित देश अमेरिकाको अवस्था भारतको भन्दा राम्रो छ । त्यहाँको जीडीपी दर माइनस १० दशमलव ६ प्रतिशत रहेको छ । जर्मनीको माइनस ११ दशमलव ९, इटलीको माइनस १७ दशमलव १ प्रतिशत रहेको छ । यस्तै, फ्रान्सको माइनस १८ दशमलव ९, बेलायतको माइनस २२ दशमलव १ र स्पेनको जीडीपी भारतको नजिक माइनस २२ दशमलव ७ प्रतिशत रहेको छ ।

चीनको विकासदर सकारात्मक
तर, आर्थिक संकटको यो भुमरीमा नेपालको उत्तरी छिमेकी चीनको विकास दर सकारात्मक रहेको छ । अर्थात, चीन पहिलो ठूलो अर्थव्यवस्था बनेको छ, जसले महामारीको प्रकोपको बाबजुद पनि आर्थिक वृद्धिदरमा सकारात्मक उपलब्धी हासिल गरेको छ ।

चीनका अनुसार यस अवधी अर्थात अप्रिलदेखि जुनको त्रैमासिकमा उसको जीडीपी वृद्धिदर ३ दशमलव २ प्रतिशत रहेको छ । चीनले आफ्नो यस त्रैमासिक आँकडालाई मध्य जुलाईमै जारी गरेको थियो ।

तथ्यांक अनुसार चीनको फ्याक्ट्री आउटपुटमा ४ दशमलव ४ प्रतिशतको वृद्धि भएको छ । अनलाइन रिटेल सेलमा १४ दशमलव ३ प्रतिशत वृद्धि भएको छ । यद्यपी, रिटेल सेलमा ३ दशमलव ९ प्रतिशतको कमी आएको छ । यस्तै, निर्यात व्यापामा पनि ० दशमलव ४ प्रतिशतको वृद्धि भएको छ ।

चीनमा जीडीपीको सकारात्मक तथ्यांक देखेपछि सवाल उठ्छ, यो चीनले कसरी गर्यो ? जबकी विश्वका तमाम ठूला अर्थव्यवस्था भएका मुलुक कोरोना महामारीका कारण तनाबमा छन्, उनीहरुको अर्थव्यवस्था ऋणात्मक हुँदा चीनले कसरी राम्रो प्रदर्शन गर्न सक्यो ?

कोरोना भाइरसको महामारीको सुरुवात चीनबाट भएको थियो । डिसेम्बरमा महामारी देखिए लगत्तै भाइरस प्रभावित क्षेत्रलाई सटडाउन गर्दै रिकभरी प्रक्रिया सुरु गर्ने पहिलो अर्थव्यवस्था चीन नै थियो ।

मार्चपछि रिकभरी सुरु
चीनले मार्चको अन्तदेखि रिकभरी प्रक्रिया सुरु गरेको थियो । जबकी, चीन सरकार र चिनियाँ कम्युनिष्ट पार्टीले महामारी नियन्त्रणमा आएको घोषणा गरेका थिए । त्यसपछि चीनमा लकडाउन हट्यो । साथै बन्दरहेका उद्योग कलकारखाना पुनः सुचारु हुनथाले ।

बाँकी विश्व कोरोनासँग लड्दै गर्दा चीन सरकारले २४ मार्चमा ८ अप्रिलबाट महामारीको केन्द्र उहानमा आंशिक लकडाउन खुला हुने घोषणा गरेको थियो । हुवेई प्रान्तको अन्य भागमा लगाइएको प्रतिबन्ध २४ मार्चकै रातिबाट खुला गरिएको थियो । जब चीनमा लकडाउन हट्दै थियो, विश्वका १८६ देश मा कोरोना भाइरसले महामारीको रुप लिँदैथियो ।

यद्यपी, ध्यानदिनुपर्ने कुरा यो छ कि, मध्य जनवरीदेखि नै वुहान शहरलाई सिल गरिएको थियो । जसका कारण जनवरीदेखि मार्चको तीनमहिना चीनको जीडीपी विकास दरमा ६ दशमलव ८ प्रतिशतको गिरावट आएको थियो । १९६० पछि चीनको यो सबैभन्दा खराब आर्थिक सूचक रहेको थियो ।

तर, जब लकडाउन हटाइयो चीनको अर्थव्यवस्थामा चामत्कारिक ढंगले सुधार आयो । चीनको राष्ट्रिय तंथ्यांक व्यूरोले भनेको छ, ‘देशको अर्थव्यवस्थाको गति २०२०को पहिलो ६ महिनामा कम भएपछि पुनः बढेको छ ।’

राष्ट्रपति सी चिङफिङको ‘डुअल सर्कुलेशन इकोनोमिक मोडल’ले एकातिर घरेलु उत्पादनको विस्तारलाई जारी राख्नेछ अर्थात ‘इन्टरनेशनल सर्कुलेशन’ । तर यससँगै अर्थव्यवस्थालाई थप मजबुत बनाउन घरेलु खपतका लागि पनि उत्पादनमाथि बढी जोड दिनेछ अर्थात ‘इन्टर्नल सर्कुलेशन’

यद्यपी, १९९० को सुरुवाती समयदेखि चीनले त्रैमासिक रुपमा आर्थिक तथ्यांक सार्वजनिक गर्न थालेको थियो । त्यतिबेलादेखि अहिलेसम्म चीनको यो तथ्यांक (अप्रिल–जुन जीडीपी) सबैभन्दा कम नै हो ।

अप्रिलदेखि जुनको तीन महिनाको जीडीपी तथ्यांक जारी भएपछि अर्थशास्त्रीहरुले चीनको अर्थव्यवस्थामा सुधार आउन सुरु भएको टिप्पणी गरेका थिए । जेपी मोर्गन असेट म्यानेजमेन्टका मार्सेला चाउले भनेका छन्, ‘हामी आगामी त्रैमासिकमा निरन्तर सुधार देख्ने अपेक्षामा छौं ।’
इन्वेष्टमेन्ट बैंक एचएसबीसीले अनुमान अनुसार चीनको अर्थव्यवस्था आगामी त्रैमासिकमा ५ दशमलव ४ प्रतिशतले बढ्नेछ, त्यसपछिको त्रैमासिकमा ६ दशमलव २ प्रतिशत पुग्नेछ, जसले चीनको वृद्धिदरलाई कोरोना भन्दा पहिलेको अवस्थामा फर्काउनेछ ।

अर्थव्यवस्था अघि बढाउने कदम
अर्थशास्त्रीहरुका अनुसार चीन अन्य ठूला अर्थव्यस्थाहरुभन्दा छिटो तिब्र रफ्तारमा रिकभर गर्नसक्छ । किनकी चीनको सरकारले ठूलो कदम उठाएको छ । लकडाउन हटाएपछि चीनमा कैयौं दिनसम्म यौटा पनि भाइरस संक्रमणको मामिला देखिएन ।

त्यसपछिका दिनमा संक्रमणका घटना देखिने वित्तिकै चीनले तत्कालै कदम उठाएर कोरोनालाई नियन्त्रण गर्न सक्यो । तर, आर्थिक गतिविधि निरन्तर जारी रह्यो । रेष्टुरेन्ट एवं फिटनेश सेन्टर व्यस्त रहे । सव वे, कार एवं एयरपोर्टका डिपार्चर लाउञ्ज व्यस्त हुनथाले ।

चीन सरकाले अर्थव्यवस्थालाई गति दिनका लागि कैयौं कदम उठायो । जसमा राज्यकोषको खर्च एवं बैंकको रिजर्व रिक्वारयरमेन्टमा कटौती सामेल गरियो ।

आत्मनिर्भर चीन !
चीनले नयाँ आर्थिक रणनीति अपनाएको छ । राष्ट्रपति सी चिङफिङले मे महिनामा ‘डुअल सर्कुलेशन इकोनोमिक मोडल’ सार्वजनिक गरेका थिए ।

चीनको यो रणनीतिका अनुसार देश निर्यातका लागि घरेलु उत्पादनको विस्तारलाई जारी राख्नेछ अर्थात इन्टरनेशनल सर्कुलेशन । तर यससँगै अर्थव्यवस्थालाई थप मजबुत बनाउन घरेलु खपतका लागि पनि उत्पादनमाथि बढी जोड दिइनेछ अर्थात इन्टर्नल सर्कुलेशन । केन्द्रमा घरेलु बजार रहने र, साथसाथमा घरेलु एवं विदेशी बजारलाई एकसाथ मजबुद बनाउने ।

बेइजिङस्थित सरकारी थिङ्क ट्यांकका अनुसन्धानकर्ताहरुले वासिङ्गटनसित दुश्मनीका वावजुद चीन आगामी एक दशकमा विश्वकै सबैभन्दा ठूलो अर्थव्यवस्था बन्ने दाबी गरेका छन् ।

त्यसो त, चीन विश्वमा लो कष्ट म्यानुफ्याक्चरिङ हव रहँदै आएको छ । एक्सपोर्ट पावरहाउस रहेको छ । जसले अमरिका, यूरोप एवं जापान जस्ता धेरै खपत गर्ने बजारसम्म आफुनो पहुँच बनाएको छ । त्यसैले चीनबाहिरका अर्थशास्त्रीहरुले चीनलाई ग्लोबलाइजेशनको मुख्य लाभार्थी भन्दै आएका छन् ।

यद्यपी, अहिलेको अवस्थामा चीन र अमेरिकाबीच व्यापार युद्ध चलिरहेको छ । युरोप र जापानसँग आर्थिक सम्बन्धमा पनि फरक आएको छ । पश्चिमा देशहरुमा संरक्षणवादी भावना बढ्दै गएको छ ।

कोभिड-१९ को महामारीले यस अवस्थालाई अझ चिन्ताजनक बनाएको छ । विश्वव्यापीकरणलाई झड्का दिएको छ । त्यसैले चीनले डुअल सर्कुलेशनसँगै आत्मनिर्भर आर्थिक रणनीति अपनाएको छ ।

विशेषज्ञहरुका अनुसार यो कुनै नयाँ रणनीति होइन । चिनियाँ नेताहरु माग गर्दैआएका छन् कि लगानी एवं निर्यातमार्फत वृद्धिको रणनीतिले घरेलु खपत एवं सेवामा आधारित आर्थिक रणनीतितिर फर्किनुपर्छ ।

पेकिङ विश्वविद्यालयमा अर्थशास्त्रका प्रोफेसर माइकल पेटिसले फाइनान्सियल टाइम्समा लेख्छन्, डुअल सर्कुलेशन लागु गर्न चीनलाई समस्या हुनसक्छ । यसका लागि चीनले एकातिर आर्थिक, सामाजिक एवं राजनीतिक सुधार गर्नुपर्नेहुन्छ । अर्कोतिर इन्टरनल सर्कुलेसनलाई सफल बनाउन इन्टरनेशनल सर्कुलेशनलाई कम महत्व दिनुपर्छ । दुवै एकसाथ चल्न सक्दैनन् ।

रोयटर्सका अनुसार दक्षिण पश्चिम चीनमा बाढीका कारण उत्पादनमा असर परेको छ । अगष्टमा चिनियाँ उद्योगको गति कम भएको छ । तर, सर्भिस सेक्टरमा रहेको मजबुतीले चीनलाई रिकभरीको ठाउँ बाँकी नै छ ।

चीनको आधिकारिक म्यानुफ्याक्चरिङ पर्चेजिङ इन्डेक्स (पीएमआई) ले गत सोमवार अगस्तको तथ्यांक जारी गरेको छ । जसमा केही गिरावट देखिएको छ । जुलाइको ५१ दशमलव १ बाट तल झरेर अगष्टमा यो तथ्यांक ५१ प्रतिशत पुगेको छ । यद्यपी, यो ५० अंक भन्दा माथि नै छ । जसले ‘ग्रोथ कन्ट्रयाक्सन’बाट अलग गर्दछ ।

चीनको आधिकारिक जीडीपी तथ्यांकले विश्वको दोस्रो ठूलो अर्थव्यवस्थाको स्वास्थ्यको जानकारी दिएको छ । जसका कारण चीन नै यस वर्षको एक मात्र ठूलो अर्थव्यवस्था बन्ने देखिन्छ ।

पहिलो नं. को अर्थव्यवस्था बन्ने दौड
२४ अगष्टमा अमेरिकाको प्रमुख अखबार द वालस्ट्रिज जनरलमा प्रकाशित लेख अनुसार विश्व कोरोना भाइरसलाई नियन्त्रण गर्न संघर्षरत रहेको बेलामा चिनियाँ अर्थव्यवस्था सामान्य हुँदै गएको छ । पहिलो नम्वरको अर्थव्यवस्था भएको देश अमेरिका र दोस्रो नम्वरको चीनबीचको अर्थव्यवस्थाको ग्याप कम हुँदै गएको छ ।

बेइजिङस्थित सरकार थिङ्क ट्यांकका अनुसन्धानकर्ताहरुले वासिङ्गटनसित दुश्मनीका वावजुद चीन आगामी एक दशकमा विश्वकै सबैभन्दा ठूलो अर्थव्यवस्था बन्ने दाबी गरेका छन् ।

चीन सरकारको मन्त्रिस्तरीय स्टेट काउन्सिलको डेभलपमेन्ट रिसर्च सेन्टर (डीआरसी) का अनुसन्धानकर्ताद्वारा गरिएको अध्ययन अुनसार चीन सरकारको घरेलु बजारमाथि अधिक ध्यान केन्द्रित गर्ने नयाँ विकास रणनीतिको सफलताले देशको आर्थिक वृद्धिलाई अजेय बनाउने दाबी गरिएको छ ।

अमेरिकासँगको व्यापार युद्धका कारण वैदेशिक व्यापारको वातावरण बिग्रिँदै गएपछि राष्ट्रपति सी चिनफिङको निर्देशनमा गत मे देखि जारी ‘डुअल सर्कुलेसन’ ले काम गर्न सुरु गरेको छ ।

चिनियाँ थिंक ट्यांकका अनुसन्धानकर्ताहरुका अनुसार आगामी ५ वर्षमा चीन र अमेरिकाको प्रतिद्वन्द्विता थप चर्किने छ ।

अमेरिकाले चीनको विकासलाई रोक्न सम्भव भएसम्म सबै उपाय अपनाउनेछ। तथापि त्यस्ता गतिविधिले चीनको आर्थिक उदयलाई रोक्न सक्ने छैन ।

विश्व अर्थतन्त्रमा चीनको हिस्सा सन् २०२५ मा १८ दशलव १ प्रतिशत पुग्ने रिपोर्टमा उल्लेख छ जबकी २०१९ मा चीनको हिस्सा १६ दशलव २ प्रतिशत थियो ।

उता, सन् २०१९ मा विश्व अर्थतन्त्रको २४ दशलव १ प्रतिशत हिस्सा ओगटेको अमेरिका भने २०२५ मा २१ दशलव ९ मा खुम्चिने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  १ : ३५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम