५ श्रावण २०८३, मंगलबार | July 21, 2026

गायक मुरलीधरको नयाँ गीत सार्वजनिक



काठमाडौँ । ‘उडायो सपना सबै हुरीले’ बोलको गीतका गायक मुरलीधरको ‘छट्पटिएको त्यो दिन फेरि किन याद आयो’बोलको नयाँ गजल गीत र भिडियो सार्वजनिक भएको छ ।

गायक मुरलीधरको नयाँ गजल गीतमा सुनिल मास्केको शब्द र सङ्गीत रहेको छ । एक पङ्क्ति स्थायी भएको यो गीत सङ्गीतको क्षेत्रमा वीरलै प्रयोग हुने गरेको गीतकार मास्केले जानकारी दिए ।

प्रदीप श्रेष्ठको ‘एरेन्ज’ रहेको गीतलाई किशोर थापाले ‘मिक्सिङ’ र ‘मास्टरिङ’ गरेका छन् । गायक मुरलीधर र प्रिया गोलेले अभिनय गरेको भिडियोमा दीपक गिरीले छायाङ्कन गरेका छन् भने युवराज वाइबाले निर्देशन गरेका छन् ।

गजलप्रति टिप्पणी गर्दै गीतकार शङ्कर कोइरालाले शब्दमा नयाँ प्रयोग र एक पङ्क्तिको यस गीतले उडायो सपना सबै हुरीले भन्ने गजललाई पुनः स्मरण गराएको बताए । उनले रचना, गायन र सङ्गीतका दृष्टिले यो उत्कृष्ट रहेको बताए ।

गायक मुरलीधरले उत्कृष्ट शब्द सङ्गीत तथा थोरै शब्दको गीत सुन्दर रहेको टिप्पणी गरे । यो गीत एस म्युजिकले युट्युबमा पनि राखेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहिबार  १० : १३ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान