१४ चैत्र २०८२, शनिबार | March 28, 2026

गुल्मीको तम्घास-रिडी सडक एक महिना बन्द हुने



गुल्मी । मदन भण्डारी राजमार्गअन्तर्गत निर्माणाधीन गुल्मीको तम्घास-रिडी सडक एक महिनासम्म बन्द हुने भएको छ । उक्त सडकको रुरुक्षेत्र गाउँपालिकाअन्तर्गत ठूलढुङ्गा भिर क्षेत्रमा पहरो फोर्ने, सडक चौडा गर्नेलगायत कामका लागि एक महिनासम्म सडक बन्द गरिने मदन भण्डारी राजमार्ग आयोजना कार्यालयले जनाएको छ ।

सडक निर्माणका लागि निर्माण व्यवसायीबाट माग भएअनुसार आजदेखि आगामी वैशाख २२ गतेसम्म सवारीसाधन पूर्णरूपमा बन्द गरिने कार्यालयका प्रमुख एवं इञ्जिनीयर रमेश चौधरीले जानकारी दिए । तम्घास-रिडी खण्ड बन्द भएपनि सवारीसाधनलाई वैकल्पिक मार्गको व्यवस्था गरिएको उनले बताए ।

रुरुक्षेत्रको पानीटङ्की थोर्गा-स्यालपोखरी-स्याल बिसौँनाबाट रातामाटा सडक हुँदै रिडी-छत्रकोटको पिपलनेटा-दिगाम हुँदै रिडी-लुम्छा-धरमपानी-दिगाम हुँदै रिडी र गुल्मीदरबारको घुम्टी-चारपाला-खज्र्याङ् हुँदै रिडी सडक वैकल्पिक मार्गका रूपमा व्यवस्था गरिएको इञ्जिनीयर चौधरीले जानकारी दिए । उनका अनुसार राजमार्ग आयोजना कार्यालयले सूचना सार्वजनिक गर्दै तम्घास-रिडी खण्डको प्रयोग नगर्न जानकारी दिएको हो ।

सडक नियमित सञ्चालन गरी काम गर्दा यात्रु र सवारीसाधनमा जोखिम हुनसक्ने भन्दै निर्माण व्यवसायीको मागअनुसार एक महिनाका लागि वैकल्पिक व्यवस्थासहित उक्त खण्ड पूर्णरूपमा बन्द गरिएको कार्यालय प्रमुख चौधरीले बताए । “आवश्यक समन्वयका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय पालीका तथा अन्य सरोकार भएका निकायलाई आग्रह पनि गरेका छौँ”, उनले भने ।

जिल्लास्थित सडक पूर्वाधार विकास कार्यालयले पनि सडक स्तरोन्नतिका लागि गुल्मीदरबार गाउँपालिका-२ अन्तर्गत झिरबाँसबाट काभ्रेपोखरीसम्मको खण्ड दुई साताका लागि पूर्णरूपमा बन्द गरिएको जनाएको छ । उक्त खण्डअन्तर्गत झिरबाँस क्षेत्रमा आरसिसी ढलान गरी सडक स्तरोन्नतिको काम भइरहेकाले यात्रुलाई वैकल्पिक व्यवस्था मिलाइएको छ । जुभुङ-सिस्ने-भट्टेचौरबाट बिरबाँस सडक र मजुवा-बलिथुम-झिरबाँस खण्डको व्यवस्था मिलाइएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ६ : ५९ बजे

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

बागमती । लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिङ्कर

पश्चिमएशिया द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

पश्चिमएशियामा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर पारेको

पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल

जुम्लाको तिला गाउँपालिका कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु

जुम्ला । जिल्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा

परराष्ट्रमन्त्री खनाललाई चिनियाँ समकक्षीले दिए बधाई

काठमाडौं । चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर