३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

चारदेशीय टी-२० सिरिज : नेपाललाई ३ रनले पराजित गर्दै कुवेतले जित्यो उपाधि



काठमाडौं । बसिर अहमदको उत्कृष्ट ब्याटिङका बावजुद हङकङमा भएको चारदेशीय टी-२० आई सिरिजको फाइनलमा नेपाल पराजित भएको छ । आइतबार हङकङको मोङ कोकमा सम्पन्न रोमाञ्चक खेलमा कुवेतले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर १७१ रनमात्र बनाउन सक्यो ।

तीन रनको हार बेहोर्दा नेपालका बसिर अहमदले ८० रन बनाए । उनले ४३ बलमा आठ चौका र चार छक्का प्रहार गरे । ९२-८ को नाजुक स्थितिबाट बसिरले नवौँ विकेटका निम्ति नन्दन यादवसँग ७२ रनको साझेदारी गर्दै नेपालको आशा जगाएका थिए ।

तर, १९ औँ ओभरका तेस्रो बलमा नन्दन मोहमेद साफिकबाट ‘कट एन्ड बोल्ड’ हुँदा नेपाललाई जितका निम्ति अझै १२ रनको आवश्यकता थियो । साफीबाट आउट हुनुअघि नन्दनले त्यसअघिका दुई बलमा लगातार दुई छक्का प्रहार गरेका थिए । आक्रामक ब्याटिङ गरेका नन्दनले १४ बलमा चार छक्का र दुई चौकासहित ३७ रन बनाए ।

२०औँ ओभरको पहिलो बल ‘नो बल’ हुँदा बसिरले छक्का प्रहार गरेपछि नेपाललाई ६ बलमा चार रनको आवश्यकता थियो । तर, कुवेतबाट अन्तिम ओभर बलिङका निम्ति आएका अनुदीप चेन्थामाराले लगातार दुई बल डट फ्याक्दै तेस्रो बलमा बसिरलाई क्लिन्टो अन्टोबाट क्याचा गराए ।

ओपनर आसिफ सेखले ११ बलमा तीन चौका र एक छक्कासहित २१ रन बनाए । यसबोहक, नेपालका कुनै पनि ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । नेपालका कुशल मल्ल गोल्डेन डक हुँदा दीपेन्द्रसिंह ऐरी डक भए ।

कुवेतका चेन्थामाराले तीन विकेट लिए । यासिन पटेल र नविनराज राजेन्द्रनले समान दुई विकेट लिँदा मोहमेद अस्लाम र मोहमेद साफिकले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रनको योगफल खडा गरेको हो ।

कुवेतका ओपनर रविजा सन्द्रावरुनले आक्रामक ब्याटिङ गर्दै ६३ रन बनाए । उनले ३६ बलमा ६ चौका र चार छक्का प्रहार गरे । यस्तै, अर्का ओपनर क्लिन्टो अन्टोले १४ बलमा एक चौका र तीन छक्कासहित २६ रन थपे ।

यी दुईले पहिलो विकेटका निम्ति ४.२ ओभरमा ४९ रनको साझेदारी गर्दै कुवेतलाई बलियो सुरुआत दिलाएका थिए । कुनै समय ११.५ ओभरमा तीन विकेट गुमाएर १२७ रन बनाएको कुवेतले आशातित फिनिसिङ भने पाउन सकेन । उस्मान पटेलले २३ रन जोड्दा मित भावसरले १६ र कप्तान मोहम्मद अस्लामले १३ रन बनाए ।

नेपालका नन्दन यादव र सोमपाल कामीले समान दुई विकेट लिए । यस्तै, कुशल भुर्तेल र करण केसीले समान एक विकेट हात पारे ।

लिग चरणबाट शीर्ष स्थानमा रहँदै फाइनलमा आएको नेपालले तीन खेलबाट पाँच अंक जोडेको थियो । समान खेलबाट चार अंक जोडेको कुवेत दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो ।

यसअघि, लिग चरणमा भएको खेलमा नेपालले कुवेतविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  २ : ५८ बजे

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ । चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौँ । नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण