४ पुस २०८२, शुक्रबार | December 19, 2025

आजदेखि राजविराजमा मधेस प्रिमियर लिग प्रतियोगिता हुँदै



राजविराज । मधेस प्रिमियर लिग (एमपिएल) को तेस्रो संस्करणको तयारी पूरा भएको छ । आजदेखि सुरू हुने प्रतियोगिताको अन्तिम तयारी सम्पन्न भएको सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

प्रतियोगिताको मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले आज बिहान ११ बजे राजविराजस्थित पवि माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिताको उद्घाटन गर्नेछन । उद्घाटन खेलमा छिन्नमस्ता रुपनी मधेस राइडर्स र कोसी दुहबी क्यापिटलले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कूल छ वटा समूहले प्रतिस्पर्धा गर्ने आयोजक एमपिएलका अध्यक्ष इञ्जिनियर सञ्जीनारायण यादवले जानकारी दिए ।

उद्घाटनका दिन एउटा मात्र खेल हुने जनाउँदै उहाँले यशी वैशाख ८ गतेसम्म दैनिक दुई वटाका दरले खेल हुने एमपिएलका उपाध्यक्ष तीर्थ दासले बताए । वैशाख १० गते सेमिफाइनलका दुवै खेल र ११ गते फाइनल प्रतियोगिता हुने कार्यकारी निर्देशक पवन दासले जानकारी दिए । उनका अनुसार लिग चरणका १५, दुई वटा सेमिफाइनल र एउटा फाइनल गरी कूल १८ खेल हुनेछन् ।

प्रतियोगिताको उपाधि जित्ने टिमलाई रु नौ लाख एक हजार र उपविजेतालाई रु चार लाखसहित शिल्ड प्रदान गरिने उनले बताए । प्रतियोगिताका सबै खेल पवि माविकै खेल मैदानमा हुनेछन् । प्रतियोगितामा राष्ट्रिय क्रिकेट टिमका खेलाडी दिपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, आसिफ शेख, गुलसन झा, बसिर अहमद, नन्दन यादव, विवेक यादव, आरिफ शेख, ललित राजबन्सीसहितका खेलाडी विभिन्न टिममा आबद्ध रहने प्रतियोगिताका दासले जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ७ : २७ बजे

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह