काठमाडौं । बोरुसिया डर्टमन्डसँगको क्वाटर्रफाइनल दोस्रो लेगमा हारका बाबजुद बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ ।
मंगलबार भएको दोस्रो लेग क्वार्टरफाइनलमा डर्टमन्डले बार्सिलोनालाई ३-१ ले हराएको हो । पहिलो लेगमा ४-० ले जित हात पारेको बार्सिलोना समग्रमा ५-३ को नतिजा सेमिफाइनल प्रवेश गरेको हो ।
खेलको ११ औँ मिनेटमा गुइरेसीले पेनाल्टी मार्फत गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा चौथो मिनेटमा नै उनले अर्को गोल गरे ।
५४ औँ मिनेटमा रोन्से बान्सेबाइनीले आत्मघाती गोल गरेपछि डर्टमन्डको सेमिफाइनल प्रवेश अझै कठिन बनेको हो । ७६ औँ मिनेटमा गुइरेसीले ह्याट्रिक गरे पनि उनी टोलीलाई अघिल्लो चरणमा प्रवेश गराउन भने असफल रहे ।


















प्रतिक्रिया