२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

सियारीकी ९६ वर्षीया वृद्धाले घरमै बसेर जितिन् कोरोना



रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिका वडा नं १ की एक ९६ वर्षीया बृद्धले घरमै बसेर कोरोना जितेकी छन् । शुक्रबार उनी कोरोनालाई जिते पछि डिस्चार्ज भएकी सियारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धी बहादुर घर्तिले बताएकाछन् ।

रुपन्देहीकोे एक बैंकमा कार्यरत उनका नातीको स्वाव संकलन गरी परिक्षण गर्दा नातीमा कोरोना देखिए पछि कन्ट्रयक ट्रेसिङ्गका क्रममा ९६ वार्षिय हजुरआमा र ५४ वार्षिय आमालाई पनि कोरोना देखिएको थियो ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख घर्तिका अनुसार संक्रमण देखिएका एकै घरका ९६ वर्षिय हजुरआमा र आमा ९पहिलो संक्रमितका आमा० घरमै होम आइसोलेशन र नाती ९पहिलो संक्रमित० भैरहवा होम आईसोलेसनमा रहेका थिए ।

उनीहरु तीनै जनामा कोरोनाको लक्षण अहिले नदेखिएको र १४ दिनको होम आईसोलेसनको बसाई पछि ड्ब्लु।एच।ओ र स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार उनीहरुलाई ७ दिनको होम कोरेन्टाइन बस्नेगरि आईसोलेसनबाट डिस्चार्ज गरिएको स्वास्थ्य शाखा प्रमुख घर्तीले जानकारी दिए । उनीहरुको स्वास्थ्य अवास्था राम्रो रहेको उनको भनाई छ ।

यस्तै सियारी गाउँपालिकामा अहिले सम्म २६ जना कोरोना पोजेटिभ देखिएका छन् । जसमध्य अहिले सम्म २३ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् । तीन जना अझै आइसोलेसनमा रहेका छन् ।

आत्माबल बढाउन जनप्रतिनिधि र कर्मचारी आइसोलेसन र कोरेन्टाइनमा

कोरोना जितेका तथा संक्रमितहरुको आत्मावल बढाउन गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, जनप्रतिनिधी, स्वास्थ्यकर्मी लगाएतकाको टोलि समय समयमा आइसोलेसन, होम आइसोलेसन तथा कोरेन्टाइन बसेकाहरुकोमा जाने गरेकाछन् ।

कोरोना जिते पनि समाजको डर रहिरहेकाले उनिहरुको आत्माबल बढाउन तथा समाजले गलत तरिकाले हेर्ने दृष्टिकोण परिवर्तन गर्न उनीहरु बसेको ठाउँमा जाने गरिएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताएकाछन् । कोरोना लागेका तथा कोरोना जितेका र आइसोलेसन वा क्वारेन्टाइन बसेकाहरु आफ्नै दाजुभाई, छिमेकी भएकोले उनीहरुलाई राम्रो ब्यवहार गर्नु पर्ने उनको भनाई छ ।

उनले भने–“गाउँपालिकाले बनाएको आइसोलेसन, क्वारेन्टाइन तथा होम आइसोलेसनमा रहेका ब्यक्तिहरुको बसाई तथा खानपानको विषयमा हाम्रो अनुगमन जारी छ । यसले क्वारेन्टाइन र आइसोलेसन बसेकाहरुको अवस्थ बुझ्न सजिलो हुन्छ र उनीहरुको आत्माबल बढ्नेछ ।”

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ८ : ५६ बजे

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार

सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो

बुटवल । यातायात क्षेत्रसँग सम्बद्ध विभिन्न व्यक्तिहरुले सहजरुपमा यातायात व्यवसाय

भारतबाट नेपाल आएर जुवा (सट्टेबाजी) खेलाउने १३ जना प्रहरीबाट सार्वजनिक(नामसहित)

बुटवल । बुटवलबाट सट्टेबाजी गरेको अभियोगमा पक्राउ परेका १३ जना