२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

सियारीकी ९६ वर्षीया वृद्धाले घरमै बसेर जितिन् कोरोना



रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिका वडा नं १ की एक ९६ वर्षीया बृद्धले घरमै बसेर कोरोना जितेकी छन् । शुक्रबार उनी कोरोनालाई जिते पछि डिस्चार्ज भएकी सियारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धी बहादुर घर्तिले बताएकाछन् ।

रुपन्देहीकोे एक बैंकमा कार्यरत उनका नातीको स्वाव संकलन गरी परिक्षण गर्दा नातीमा कोरोना देखिए पछि कन्ट्रयक ट्रेसिङ्गका क्रममा ९६ वार्षिय हजुरआमा र ५४ वार्षिय आमालाई पनि कोरोना देखिएको थियो ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख घर्तिका अनुसार संक्रमण देखिएका एकै घरका ९६ वर्षिय हजुरआमा र आमा ९पहिलो संक्रमितका आमा० घरमै होम आइसोलेशन र नाती ९पहिलो संक्रमित० भैरहवा होम आईसोलेसनमा रहेका थिए ।

उनीहरु तीनै जनामा कोरोनाको लक्षण अहिले नदेखिएको र १४ दिनको होम आईसोलेसनको बसाई पछि ड्ब्लु।एच।ओ र स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार उनीहरुलाई ७ दिनको होम कोरेन्टाइन बस्नेगरि आईसोलेसनबाट डिस्चार्ज गरिएको स्वास्थ्य शाखा प्रमुख घर्तीले जानकारी दिए । उनीहरुको स्वास्थ्य अवास्था राम्रो रहेको उनको भनाई छ ।

यस्तै सियारी गाउँपालिकामा अहिले सम्म २६ जना कोरोना पोजेटिभ देखिएका छन् । जसमध्य अहिले सम्म २३ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् । तीन जना अझै आइसोलेसनमा रहेका छन् ।

आत्माबल बढाउन जनप्रतिनिधि र कर्मचारी आइसोलेसन र कोरेन्टाइनमा

कोरोना जितेका तथा संक्रमितहरुको आत्मावल बढाउन गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, जनप्रतिनिधी, स्वास्थ्यकर्मी लगाएतकाको टोलि समय समयमा आइसोलेसन, होम आइसोलेसन तथा कोरेन्टाइन बसेकाहरुकोमा जाने गरेकाछन् ।

कोरोना जिते पनि समाजको डर रहिरहेकाले उनिहरुको आत्माबल बढाउन तथा समाजले गलत तरिकाले हेर्ने दृष्टिकोण परिवर्तन गर्न उनीहरु बसेको ठाउँमा जाने गरिएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताएकाछन् । कोरोना लागेका तथा कोरोना जितेका र आइसोलेसन वा क्वारेन्टाइन बसेकाहरु आफ्नै दाजुभाई, छिमेकी भएकोले उनीहरुलाई राम्रो ब्यवहार गर्नु पर्ने उनको भनाई छ ।

उनले भने–“गाउँपालिकाले बनाएको आइसोलेसन, क्वारेन्टाइन तथा होम आइसोलेसनमा रहेका ब्यक्तिहरुको बसाई तथा खानपानको विषयमा हाम्रो अनुगमन जारी छ । यसले क्वारेन्टाइन र आइसोलेसन बसेकाहरुको अवस्थ बुझ्न सजिलो हुन्छ र उनीहरुको आत्माबल बढ्नेछ ।”

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  ८ : ५६ बजे

आजबाट आधा मूल्यमा आधा सिलिण्डर ग्यास वितरण सूरु

काठमाडौँ । नेपाल आयल निगमले आजबाट आधा सिलिन्डर (आधा ग्यास)

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट

भीरबाट लडेर घाइते निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर