२८ श्रावण २०८३, बिहिबार | August 14, 2026

प्रमुख जिल्ला अधिकारी तामाङबाट क्यान्सर अस्पतालको अनुगमन निरीक्षण



नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अनुगमन निरीक्षण गरेका छन् । आज मध्यान्ह क्यान्सर अस्पताल पुगेका प्रमुख जिल्ल अधिकारी तामाङले अस्पतालले प्रवाह गरेको सेवा, वस्तुगत अवस्था र समस्याहरुका बारेमा अस्पताल प्रशासनसंग जानकारी लिए ।

प्रजिअ तामाङलाई अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. निरज भट्टराईले अस्पतालले दिँदै आएको सेवा, अस्पतालको वस्तुगत अवस्था र सेवा प्रवाहमा देखिएका समस्याहरुबारे अवगत गराएका थिए । २०७२ साल देखि संघीय सरकारको स्वामित्वमा संचालनमा रहेको अस्पतालमा अझैसम्म दरबन्दी स्वीकृत नगरिएको, कितावखानामा दर्ता समेत नरहेको र दक्ष जनशक्तिलाई अस्पतालमा रोक्न बाधा अडचन हुँदै आएको कार्यकारी निर्देशक भट्टराईले बताए । उनले वार्षिक ४० हजार बढी क्यान्सरका बिरामीलाई अस्पतालले सेवा प्रवाह गरेको जानकारी गराए । सिमित भौतिक संरचनाका बावजुद एउटै छानामुनीबाट प्रयोगशाला, रेडियोलोजी तथा क्यान्सरको रेडियो थेरापी सेवा संचालन गरिएको, अस्पताल फर्मालाई रसलिकृत गर्दै केमोका लागि छुट्टै फार्मेसी, जेष्ठनागरिक, अशक्त, अपाङ्ग तथा गर्भवती र इमेर्जेन्सीका लागि फार्मेसीको छुट्टाछुट्टै काउण्टर व्यवस्थापन गरिएको भट्टराईले जानकारी दिए ।

सो अवसरमा प्रजिअ तामाङले अस्पतालको सेवा प्रवाहलाई अझै चुस्त बनाउन स्थानीय प्रशासनको तर्फबाट सहजिकरण गरिने उल्लेख गर्दै प्रभावकारी सेवा दिएकोमा अस्पताल परिवारलाई धन्यवाद दिए । उनले अस्पतालको बिभिन्न कक्षको अनुगमन निरीक्षण गर्दै बिरामी, बिरामीका आफन्त र अस्पतालका चिकित्सकहरुसंग अन्तरक्रिया समेत गरेका थिए ।

संत श्री दीनदयालजी महाराजबाट संकल्प गरिएको तत्कालिन नेपाल क्यान्सर अस्पताललाई २०७२ सालमा संघीय सरकारलाई हस्तान्तरण गरिएको थियो । स्थानीयबासीको अग्रसरतामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सहितका नागरिकको मुट्ठी दानबाट अस्पताल निर्माण भएको थियो । अस्पतालको परिकल्पना र निर्माण गर्ने अस्पतालको मातृसंस्था प्रखर परोपकार मिशन नेपालको भने लामो समयदेखि बैठक र साधारणसभा समेत हुन सकेको छैन ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  १० : ०७ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु