२५ श्रावण २०८३, सोमबार | August 10, 2026

वीरगञ्जको निषेधाज्ञा आज बिहान ७ बजेबाट हटने



वीरगञ्ज । वीरगन्जमा स्थानीय प्रशासनले गत आइतबार राति १२ बजेदेखि लगाएको अनिश्चितकालीन निषेधाज्ञा आजबाट हटने भएको छ । बिहीबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगन्जमा जारी निषेधाज्ञा शुक्रबार बिहान ७ः०० बजेदेखि हटाउने निर्णय गरेको हो ।

गत शनिबार दिउँसो हनुमान जन्मोत्सवका अवसरमा निकालिएको शोभायात्रामा हिन्दु र इस्लाम धर्मालम्बी बिच झडप भएपछि शनिबार बेलुकीदेखि कर्फ्यु लगाएको थियो ।

त्यसपछि गत आइतबार राति १२ बजेदेखि कर्फ्यु हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको थियो । शुक्रबार बिहान ७ बजेदेखि लागू हुने गरी निषेधाज्ञा हटाउने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

शनिबार भएकोको घटनामा स्थिति नियन्त्रणमा लिने प्रयासमा प्रहरीले १४५ राउण्ड अश्रु ग्याँस र दुई राउण्ड हवाइ फायर गरेको थियो भने उक्त घटनामा प्रहरीतर्फ नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षकसहित २५ जना र प्रदर्शनकारीतर्फका १५ जना बढी घाइते भएका थिए । दर्जनौं पसलहरूमा तोडफोड भएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ६ : ०२ बजे

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौं । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन

रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न प्रचण्डको सरकारसँग आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । महोत्तरीबाट काठमाडौंतर्फ गइरहेको बसले खैहरनी नगरपालिका–१ शाहीचोकमा आज

एकै दिन ४१ विपद्का घटना

काठमाडौं । साउन २३ गते बिहान १०ः०० देखि २४ गते

लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान

रूपन्देही । लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवद्र्धन अभियान