२० असार २०८३, शनिबार | July 4, 2026

आठौं राष्ट्रिय खेलकुद सम्पन्न भएको छ वर्षपछि नेपालगन्ज रङ्गशालामा पहिलो अन्तरराष्ट्रिय खेल

खेलकुदमा कार्यान्वयन भएन गणतन्त्र र संघीयता



नेपालगन्ज । लामो समयपछि नेपालगन्जमा सुरु भएको अन्तरराष्ट्रियस्तरको लुम्बिनी कप महिला फुटबल प्रतियोगिताले रङ्गशालामा रौनक थपिएको छ ।

बाँकेमा आठौँ राष्ट्रिय खेलकुद पछि करिब छ वर्षसम्म ठूलो प्रतियोगिता हुन नसक्दा अलपत्र रहेको नेपालगन्ज रङ्गशालामा लुम्बिनी कप फुटबलले खेलकुदको रौनक ल्याएको बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले बताए ।

“लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबलका लागि रङ्गशालालाई चिटिक्क पारिएको छ, आठौँ राष्ट्रिय खेलकुदपछि ठूलो प्रतियोगिता नेपालगन्ज रङ्गशालामा भएकाले स्थानीय खेलाडी तथा फुटबलप्रेमीमा खुसी छाएको छ”, अध्यक्ष शाहीले भने, “नियमति रुपमा ठूला खेलकुद प्रतियोगिता हुनसके नेपालगन्ज रङ्गशालाको रौनक अझै बढ्दै जानेछ ।”

अन्तरराष्ट्रियस्तरको प्रतियोगिता भएकाले लुम्बिनी कप महिला फुटबललाई लक्षित गरी केही महिनादेखि नै रङ्गशालाको सजावट थालिएको थियो । नियमित पानी राख्दा दुबो पलाएर यतिबेला रङ्गशालामा हरियाली छाएकोे लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको आयोजक अन्तरालाका प्रमुख कार्यकारी जयनारायण शाहले बताए ।

विगतमा सरसफाइ र मर्मतमा उचित बजेट नहुँदा जीर्ण बन्दै गएको यो रङ्गशालामा नियमित अभ्यास हुन सकेको थिएन । आठौँ राष्ट्रिय खेलकुदपछि पहिलोपटक प्रतियोगिता सुरु भएपछि रङ्गशालामा चहलपहल बढेको साविक मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले बताए ।

राष्ट्रका सबै संरचनाहरु संघीय ढाँचामा परिवर्तन हुँदा समेत नेपालगन्ज रङ्गशालाको स्वामित्व लिएको खेलकुदको संगठन विघटन भइसकेको मध्यपश्चिमाञ्चल प्रदेश कार्यलय कै रुपमा संचालनमा रहेको छ । खेलकुदमा परिवर्तित संरचना लागु नभएको लुम्बिनी प्रदेश खुलकुद परिषदका निवर्तमान उपाध्यक्ष नरेन्द्र थापाले बताए । ‘सबै संरचनाहरु स्थानीय, प्रदेश वा संघीय सरकारको ढाँचामा नामाकरण हुँदा खेलकुदको संरचना भने विगत व्यवस्थाको विकास क्षेत्रकै ढाँचामा राखिएको छ ।’ उनले भने ।

आठौँ राष्ट्रिय खेलकुदका बेला रोपिएको रु ४० लाखको बर्मुडा दुबोको नामोनिसान मेटिए पनि दैनिक स्याहार गर्दा स्थानीय दुबो पलाएर अहिले नेपालगन्ज रङ्गशाला आकर्षक देखिएको छ । जिल्ला फुटबल सङ्घ बाँकेको सहकार्यमा शुक्रबार सुरू भई वैशाख १२ गतेसम्म चल्ने ‘लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबल’ प्रतियोगितामा भारतको सिलगुडीसहित आठवटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता समूहले रु पाँच लाख पाँच हजार ५५५ र उपविजेता समूहले रु दुई लाख ५० हजार, ट्रफी, मेडल प्राप्त गर्ने आयोजक अन्तरालका प्रमुख कार्यकारी शाहले जानकारी दिए ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ९ : १६ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी