२८ चैत्र २०८२, शनिबार | April 11, 2026

पत्रकारमाथि दुर्व्यवहार गर्ने दीपेश यादव पक्राउ



भैरहवा । पत्रकार राधेश्याम विश्वकर्मामाथि समाचार स¬ङ्कलनका क्रममा दुव्र्यवहार गरी फरार रहेका दिपेश यादवलाई रुपन्देही प्रहरीले ककरहवाबाट पक्राउ गरेको छ ।

सोमबार ८ गते समाचार सङ्कलनका क्रममा पत्रकार राधेश्याम विश्वकर्मामाथि मर्चवारमा दुव्र्यवहार गरेको आरोपमा यादवलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

रुपन्देही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार यादवमाथि अभद्र व्यवहार मुद्दामा खोजतलासको क्रममा नेपाल‐भारत सिमाक्षेत्रबाट पक्राउ गरिएको बताए ।

पत्रकार विश्वकर्माल यादव नेतृत्वको ७÷८ जनाको समूहले समाचार सङ्कलनको क्रममा आफूलाई अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जाहेरी दिएका थिए । यादवलाई कानुनी कारबाही र पत्रकार विश्वकर्मालाई न्यायका लागि लुम्बिनी प्रेस क्लबले यही वैशाख ९ गते जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा २४ घण्टे अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको थियो ।

अवधिमा यादव पक्राउ नपरेपछि प्रेस क्लबले तीन दिने आन्दोलन कार्यक्रमको घोषणा गर्दै पहिलो दिन कार्यक्रमअन्तर्गत आज ११ गते बिहान सवा १० बजेदेीख एक घण्टासम्म जिल्ला प्रशासन कार्यालय रूपन्देही अगाडि धर्ना दिएको थियो ।

धर्ना कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, वरिष्ठ पत्रकार हरिबहादुर थापा, तीर्थ कोइराला, उज्ज्वल शर्मा, नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंलगायत पेशागत सङ्घ सङ्गठनले ऐक्यबद्धता जनाएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ९ : ४५ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र