६ श्रावण २०८३, बुधबार | July 22, 2026

रुपन्देहीमा ‘लकडाउन’को मोडालिटी परिवर्तन, आईतबारबाट बजार सुचारु हुने



बुटवल । लामो समयदेखि रुपन्देहीमा जारी रहेको निषेधाज्ञा सहितको लकडाउनको मोडालिटी परिवर्तन गरिएको छ । यस अघि पूर्णरुपमा बन्द भएका बन्दब्यवसायहरु आईतबारबाट खोल्न दिने गरि जिल्ला प्रशासन कार्यालयले मोडालिटी परिवर्तन गरेको छ ।

शनिबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थबाट जारी गरिएको आदेशमा सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरि बजार सुचारु गर्ने उल्लेख गरिएको छ । प्रमुख जिल्ला अधिकारीको आदेशमा दैनिक उपभोग्य वस्तु र सेवा भने बिहान ९ बजेसम्म र बेलुका ५ बजे देखि बेलुका ७ बजेसम्म संचालन गर्न पाईने तथा अन्य व्यापार व्यवसाय बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न पाउने उल्लेख गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी पन्थको आदेश अनुसार बैंक तथा वित्तिय संस्थाहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी भीडभाड नहुने व्यवस्था मिलाएर नियमित सेवा दिनसक्ने छन् ।

उद्योग व्यवसाय अन्तरगतका नेपाल सरकारले तोकेको उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनुपर्ने सुरक्षा मापदण्ड तथा स्वास्थ्य सुरक्षासम्बन्धि मापदण्ड विपरीतका काम गर्न रोक पूर्णरुपमा रोक लगाईएको प्रमुख जिल्ला अधिकारी पन्थले बताए लगाएको छ।

सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, हाटबजार, सपिङ कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर, सैलुन, ब्युटी पार्लर, समूहमा खेलिने खेलकुद, पूस्तकालय, संग्रहालय, स्पा, स्विमिङ पुल, मनोरञ्जनस्थलहरुलाई अहिले पनि निषेध गरिएको आदेशमा भनिएको छ ।

जिल्लाभित्र सरकारले अनुमति दिएका बाहेक कुनैपनि गाडी चलाउन नपाइने भन्दै आदेशमा मुख्य राजमार्गमा चल्ने अत्यावश्यक गाडी भने चल्न पाउने लेखिएको छ ।

आदेशले अत्यावश्यकीय वस्तु र सेवा अन्तरगत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दुध, विद्युत, सूचना सञ्चार, कार्यालय आउने जानेका गाडीलगायतका क्षेत्रका गाडी भने चल्नलाई रोक लगाएको छैन ।

अघिल्लो आदेश शनिबार राती १२ बजे समाप्त हुनु पूर्व नयाँ आदेश भाद्र २८ गते राती १२ बजे सम्म कायम रहने आदेशमा उल्लेख छ ।

 

 

प्रकाशित मिति : २० भदौ २०७७, शनिबार  १२ : ११ बजे

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा