१० भदौ २०८३, बुधबार | August 26, 2026

मिडिया मन्थन सम्पन्न : पत्रकारिता पेशालाई जनमुखी बनाउनुपर्नेमा जोड



बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा विहिबार बुटवलमा मिडिया मन्थन सम्पन्न भएको छ । विभिन्न विषयमा गरिएको समुहगत बहस कार्यक्रममा सहभागीहरुले पत्रकारिता पेशालाई थप निष्पक्ष, व्यवसायीक र जनमुखी बनाउँदै लैजानु पर्नेमा जोड दिएका छन् ।

सूचना प्रविधिको बिकाससँगै पत्रकारहरुको क्षमता बिकास तथा प्रविधिमैत्री ज्ञान र सीपलाई समेत जोडर पत्रकारिता पेशालाई व्यवसायीक बनाउनु पर्नेमा सहभागीहरुले जोड दिएका छन् । विश्वव्यापी कोरोना महामारीपछि सञ्चारगृह तथा त्यसमा कार्यरत पत्रकारहरुले ठूलो आर्थिक चुनौतीको सामना गर्न परिरहेको बताउँदै यसको समाधानका लागि फरक सोच र योजनाकासाथ अघि बढ्नुपर्नेमा जोड दिइएको छ । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारहरुले आर्थिक चुनौतीसँगै पेशागत सुरक्षाका लागि संघर्ष गरिरहनु पर्ने बाध्यता रहेको उल्लेख गरिन् ।

श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाका लागि महासंघले सधै आवाज उठाउने प्रतिवद्धता गर्दै उनले निष्पक्ष पत्रकारितका लागि प्रतिवद्ध हुन समेत सदस्यहरुलाई आग्रह गरिन् । यसैगरी वरिष्ठ पत्रकार तर्थ कोइराला, हरिबहादुर थापा, पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष तथा सल्लाहकार शेरबहादुर केसी, पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे, प्रकाशन तथा प्रशारण समाज लुम्बिनीका अध्यक्ष नवराज कुँवर, अनलाइन मिडिया सोसाइटी लुम्बिनी प्रदेश अध्यक्ष गौतम भुसाल, सेतोपाटी डटकमका व्यवस्थापक प्रकाश ढुंगाना, वरिष्ठ पत्रकार माधव ढुंगाना, लुम्बिनी टेलिभिजनका सम्पादक भगवती पाण्डे, सेतोमसीका सम्पादक विष्णु पोखरेल, रेडियो मुक्तिका स्टेशन प्रमुख कल्पना तिवारी, मिडिया अनुसन्धानकर्ता उज्जवल आचार्य तथा लुम्बिनी प्रदेश प्रविधि प्रतिष्ठानका प्रमुख अनुपा बास्कोटा विभिन्न विषयगत छलफलमा प्यानलिस्टको रुपमा सहभागी भएका थिए । बहस कार्यक्रममा महासंघ रुपन्देहीका सचिव सी.पी खनाल, पत्रकार भवानीप्रसाद पाण्डे, महासंघ रुपन्देहीका सल्लाहकार विनोद परियार र महासंघ रुपन्देहीका कोषाध्यक्ष नरेश केसीले सहजीकरण गरेका थिए ।

मिडिया मन्थनमा ‘कसका समाचार, कस्ता समाचार ?’, मिडिया व्यवस्थापन सफल कि असफल ?’, पत्रकारको पेशागत सुरक्षा तथा आम सञ्चार र सामाजिक सञ्जाल अवसर कि चुनौती विषयमा बहस गरिएको थियो । बहसमा पत्रकारहरुको पेशागत सुरक्षा, सञ्चारगृह तथा पत्रकारहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनका लागि गर्नपने काम तथा सामाजिक सञ्जालको प्रयोग र चुनौतीहरुको व्यवस्थापनका विषयमा छलफल गरिएको थियो ।

 

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ८ : ३७ बजे

बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ