२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन २०८३ बाट १५ बुँदे बुटवल घोषणापत्र जारी



बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा सम्पन्न “मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन २०८३” ले १५ बुँदे बुटवल घोषणापत्र जारी गरेको छ । सम्मेलनले प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको अधिकार, सञ्चार क्षेत्रको संरक्षण तथा प्रवर्द्धन, समानुपातिक विज्ञापन प्रणाली, सामाजिक सुरक्षा, सञ्चारमैत्री कानुन निर्माण लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।

घोषणापत्रमा संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको रक्षा, प्रवर्द्धन र कार्यान्वयनमा नेपाल पत्रकार महासंघ प्रतिबद्ध रहेको उल्लेख गरिएको छ । सम्मेलनले श्रमजीवी पत्रकार ऐन र सूचनाको हक कार्यान्वयनलाई प्रभावकारी बनाउन जोड दिँदै पत्रकारहरूको न्यूनतम पारिश्रमिक पूर्ण रूपमा लागू गर्न आग्रह गरेको छ ।

सम्मेलनले प्रदेश र स्थानीय तहले सञ्चारसम्बन्धी आवश्यक कानुन निर्माणमा ढिलाइ गरेको भन्दै सरोकारवालासँग पर्याप्त छलफल गरी सञ्चारमैत्री कानुन बनाउन माग गरेको छ ।

त्यस्तै, सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्रै सीमित गर्ने हालको सरकारी निर्णय संविधान, खुला बजार अर्थनीति र प्रेस स्वतन्त्रताको मर्म विपरीत रहेको ठहर गर्दै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरिएको छ । विज्ञापन वितरणलाई पारदर्शी, समानुपातिक र समावेशी बनाउन तथा निजी, सामुदायिक र सरकारी सबै सञ्चारमाध्यममा न्यायोचित रूपमा वितरण गर्न सम्मेलनले सरकारसँग माग गरेको छ ।

घोषणापत्रमा सञ्चारकर्मीको सामाजिक सुरक्षा सुनिश्चित गर्न श्रमजीवी पत्रकार ऐन संशोधन गरी सञ्चारगृहलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने आवश्यकता औँल्याइएको छ । पत्रकारको पेशागत सुरक्षासँगै सञ्चार उपकरण खरिदमा सहुलियत दिन प्रदेश तथा स्थानीय सरकारलाई आग्रह गरिएको छ ।

सम्मेलनले गलत र भ्रामक सूचना फैलाउने सामाजिक सञ्जाल प्लेटफर्मलाई नियमन गर्दै व्यावसायिक सञ्चारमाध्यमलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता पनि औँल्याएको छ । साथै लुम्बिनी प्रदेश सरकारले गठन गरेको सञ्चार समन्वय परिषद्लाई पूर्ण रूपमा क्रियाशील बनाउन आवश्यक कानुनी व्यवस्था गर्न माग गरिएको छ ।

पत्रकारिता क्षेत्रको अध्ययन तथा अनुसन्धानका लागि बुटवलमा सञ्चार संग्रहालय स्थापना गर्ने पहल नेपाल पत्रकार महासंघ रुपन्देहीले गर्ने घोषणासमेत गरिएको छ ।

घोषणापत्रमा भूमिहीन तथा सुकुम्बासी बस्तीमा जबर्जस्ती डोजर चलाएर विस्थापित गर्ने कार्य रोक्न तथा वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरिएको छ । रुपन्देहीको आर्थिक विकासका लागि निजी क्षेत्रको लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने, साथै लुम्बिनी, जितगढी किल्ला, मणिमुकुन्द सेन उद्यान, सिद्धबाबा मन्दिरलगायत ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि विशेष योजना लागू गर्न पनि सम्मेलनले माग गरेको छ ।

सम्मेलन सफल बनाउन सहयोग गर्ने लुम्बिनी प्रदेश सरकार, बुटवल उपमहानगरपालिका, पर्यटन विकास परिषद् बुटवल, बुटवल उद्योग वाणिज्य संघलगायत संस्थाप्रति सम्मेलनले आभार व्यक्त गरेको छ ।

घोषणापत्र तयारी समितिको संयोजकमा नेपाल पत्रकार महासघ रुपन्देहीका निवर्तमान अध्यक्ष, सल्लाहकार तथा केन्द्रीय सदस्य रामराज पोखरेल रहेका थिए । समितिका सदस्यहरूमा नेपाल पत्रकार महासघ, लुम्बिनी प्रदेशका अध्यक्ष शुत्रऋषि चौलागाईं, नेपाल पत्रकार महासघका सल्लाहकार विनोद परियार, सल्लाहकार भरत केसी, कविन्द्र नेपाल, भगवती पाण्डे र विष्णु पोखरेल रहेका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ३ : २३ बजे

रास्वपा नेता-कार्यकर्तालाई उच्च राजनीतिक चरित्र देखाउन सभापति लामिछानेको निर्देशन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका

उत्तरढोकामा ग्लोबल आइएमई बैंकको १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक

तिहार बिदाअघि २.६४ अंकले बढेर बन्द भयो नेप्से परिसूचक

काठमाडौं। तिहारको पूर्वसन्ध्यामा शुक्रबार सेयर बजार बढेर बन्द भएको छ।

सुनकोशी-मरिण ठेक्का रद्दबारे अनुसन्धान माग गर्दै कांग्रेसले लेखासमितिमा दियो निवेदन

All Posts काठमाडौं। सरकारको कार्यशैलीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस

प्रेस काउन्सिल अध्यादेशविरुद्ध पत्रकार महासंघ पुग्यो शीतल निवास

काठमाडौं । प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको