२८ भदौ २०८३, आइतबार | September 14, 2026

पाल्पाको असारेमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु



पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-१ सिद्धेश्वरमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा परि चालकसहित दुईजना घाइते भएका छन् ।

जिल्लाको सिद्धेश्वर असारे भन्ने स्थानबाट ठूलोपोखरीतर्फ जाँदै गरेको लु ३ च २३७७ नम्बरको जीप आइतबार राति १० बजेर १० मिनेटमा अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो ।

रैनादेवी छहरा गाउँपालिका-१ का ३१ वर्षीय चेतनारायण विक, ३६ वर्षीय दीपेन्द्र बुढा र २२ वर्षीय जनक रेगामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी सुनिल मल्लले बताए ।

डीएसपी मल्लका अनुसार जीपमा पाँचजना सवार थिए। चालक २७ वर्षीय रञ्जन रेश्मी मगरको अवस्था गम्भीर छ। २२ वर्षीय सरोज बुढा पनि घाइते छन् । लुम्बिनी प्रादेशिक अस्पताल र मिसन अस्पताल पाल्पामा उनीहरूको उपचार भइरहेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ७ : २८ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा