६ बैशाख २०८३, आइतबार | April 19, 2026

१८ औं मनमोहन स्मृति वडास्तरीय फुटबल प्रतियोगिता : वडा नं १० र १७ विजयी



बुटवल । बुटवलमा जारी १८ औं मनमोहन स्मृति वडास्तरीय नकआउट फुटबल प्रतियोगिता २०८२ मा वडा नं १० र १७ विजयी भएका छन । राष्ट्रिय युवा संघ नेपाल, बुटवल उपमहानगर कमिटिको आयोजनामा शुक्रबार बिहान भएको खेलमा वडा नं. १० ले वडा नं. १९ लाई ३-१ तथा वडा नं. १७ ले वडा नं. ५ लाई २-० गोल अन्तरले पराजित गरेको हो ।

सिद्घेश्वर खेल मैदानमा भएको पहिलो खेलमा वडा नं. १० जितमा सुरज गुरुङ नायक रहे । उनले खेलको १३ औ र पहिलो हाफको ईन्जुरी समयमा गोल गरे । यसैगरि वडा नं. १० का आसमान थापा क्षेत्रीले खेलको २७ औं मिनेटमा गोल गरे । वडा नं. १९ का सोभित गौतमले पहिलो हाफको इन्जरी समया सान्त्वना गोल गरे । प्रतियोगिताको वडा नं. १० का सुरज गुरुङ प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरि दिउसो भएको खेलमा वडा नं. १७ को जितमा खेलको १५ औं मिनेटमा सिजन परियार र ३५ औ मिनेटमा बिर बहादुर थारुले गोल गरे । खेलमा वडा नं. १७ का विजेन सुर्यबंशी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैया तथा उपविजेताले नगद ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक राजेन्द्र थापाले बताए ।

यसैगरि विधागत उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत नगदसहित पुरस्कृत गरिने उनले बताए । शनिबार बिहान ८ बजे वडा नं १५ र १४ तथा दिउसो वडा नं ८ र २ का बिचमा खेल हुने संयोजक राजेन्द्र थापाले बताए । प्रतियोगितामा नगरका १६ टिमले प्रतिस्प्रर्धा गर्ने भएका छन ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ८ : २० बजे

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता

ललितपुर । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक

एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने देउवा पक्षको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षधर नेताहरूको भेलाले

मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छ : गुरुराज घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकको आर्थिक समृद्धिका