२१ भदौ २०८३, आइतबार | September 6, 2026

४ सयभन्दा बढी कुकुरको उद्धार गर्दै आएको ‘एनिमल रेस्क्यु सेन्टर’लाई बेलायतबाट सहयोग



काठमाडौं। चार सयभन्दा बढी कुकुरको उद्धार, उपचार तथा हेरचाह गर्दै आइरहेको श्रीज एनिमल रेस्क्यु नेपाललाई बेलायतमा रहेका नेपालीहरुले सहयोग गरेका छन्।

बेलायतस्थित रिभर एकेडेमीमा अध्ययनरत छात्रा टिया आचार्यको सक्रिय पहलमा संकलित आर्थिक सहयोगबाट उक्त केन्द्रमा रहेका कुकुरका लागि चामल, बिस्कुट, अण्डा लगायतका खाद्य सामग्रीहरू प्रदान गरिएको हो।

गोकर्णेश्वरस्थित श्रीज एनिमल रेस्क्यु सेन्टरमा आयोजित कार्यक्रममा कम्युनिटी पार्टनर नेपालका अध्यक्ष बासुदेव न्यौपानेले सो सामग्रीहरू केन्द्रका व्यवस्थापक सुमन सिंहलाई हस्तान्तरण गरेका थिए।

नेपालब्रिटेन डट कमको १७औं वार्षिकोत्सवका अवसरमा संकलित सहयोग रकमबाट यो सामग्री प्रदान गरिएको नेपालब्रिटेन डट कमका अध्यक्ष चिरञ्जीवी ढकालले जानकारी दिए।

उक्त केन्द्र विगत आठ वर्षदेखि सृजना शाही ठकुरीको नेतृत्वमा सञ्चालन हुँदै आएको छ। केन्द्रमा ‘बालेन’, ‘रवि’, ‘सुनिता’, ‘हर्क’, ‘घरभेटी’, ‘प्रचण्ड’, ‘शेरबहादुर’, ‘केपी ओली’, ‘करिश्मा’, ‘राखी सावन्त’जस्ता चर्चित नाम दिइएका कुकुरहरूलाई संरक्षण गरिएको छ। हालसम्म ४ सयभन्दा बढी कुकुरको उद्धार र संरक्षण गरिएको छ।

यसअघि पनि नेपालब्रिटेन डट कमले सर्लाहीस्थित हरिवन नगरपालिकाको शान्ति बालगृहमा सहयोग पुर्‍याएको थियो।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  २ : १३ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका