२० भदौ २०८३, शनिबार | September 5, 2026

सम्झना रणपालको नयाँ पञ्चेबाजा गीत ‘मन मान्दैन’ सार्वजनिक



काठमाडौं । नेपाली लोक सांगीतिक क्षेत्रमा एक पछिल्लो उत्कृष्ट सिर्जना थपिएको छ । कुशाल बेलबासे, रेशम निर्दोष, सम्झना रणपाल र बिधान कार्कीको सशक्त स्वरमा सजिएको नयाँ पञ्चेबाजा गीत ‘मन मान्दैन’ सार्वजनिक भएको हो ।

शिव हमालको शब्द रचना र बिधान कार्कीको संगीत रहेको यो गीत सम्झना रणपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतले नेपाली मौलिकता र पञ्चेबाजाको सांगीतिक गहिराइलाई समेट्दै जनजीवनका भावनालाई उजागर गरेको छ । यस गीतमा विशेष गरी परम्परागत नेपाली संस्कृति, लोक धुन, र विवाह संस्कृतिको झल्को दिने पञ्चेबाजाको प्रयोगले संगीतप्रेमीहरूलाई थप आकर्षित गर्ने विश्वास गरिएको छ ।

गीतमा अनिल पौडेल र सृष्टि रनपालको मुख्य अभिनय देख्न सकिन्छ, जसले गीतको कथावस्तुलाई दृश्यरूपमा जीवन्त बनाएका छन् । गीतको भिडियोमा नेपाली गाउँले परिवेश, विवाह संस्कार, र प्रेमका भावहरूलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ, जसले दर्शकको मन जित्न सफल देखिन्छ ।

‘मन मान्दैन’ नेपाली लोकसंगीतमा प्रेम, संस्कार, र संस्कृति जोड्ने अर्को महत्वपूर्ण कोसेढुंगा बन्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  १० : २० बजे

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना

चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगन्जका अनलाल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-२० थपुवा निवासी अनलाल रोकाय रसुवाको भोटेकोशी

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ । कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका १

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी