२२ असार २०८३, सोमबार | July 6, 2026

बुटवलको नरैनापुर क्रिकेट मैदानमा २९ गतेदेखि नकआउट क्रिकेट प्रतियोगिता हुने



बुटवल । रुपन्देहीको बुटवल-१६ स्थित उज्जवल युवा क्लबको आयोजनामा यही बैशाख २९ गतेदेखि पुरुषहरुको नकआउट कप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको ट्रफी सार्वजनिक गर्न शुक्रबार आयोजिता पत्रकार सम्मेलनमा सम्पूर्ण तयारी समेत पूरा भएको क्लबले जानकारी गराएको छ ।

बुटवल-१६ नरैनापुरस्थित क्रिकेट मैदानमा हुने प्रतियोगितामा रुपन्देहीका ८ वटा क्लबको सहभागिता रहेको छ । जेष्ठ ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५१ हजार १५१ पुरस्कार राशीसहित ट्रफी र मेडल प्राप्त गर्ने क्लबका अध्यक्ष पंकज शर्माले जानकारी दिए ।

यसैगरी उपविजेताले २५ हजार ५२४ नगर राशी प्राप्त गर्ने छ भने विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई ३ हजार ३३३ रुपैयाँ, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई समान १ हजार ५५५ रुपैयाँ नगद राशीसहित पुरस्कार प्रदान गरिने सचिव विवेक आचार्यले जानकारी दिए ।

प्रतियोगितामा देवीनगर युवा क्लब बुटवल-११, जे.आर. क्रिकेट क्लब बुटवल-१३, गोलपार्क क्रिकेट क्लब बुटवल-३, गैँडहवा युवा क्लब, बुटवल युथ क्लब बुटवल-६, सैनामैना नगरपालिका, खुकुरी क्लब भैरहवा र आयोजक उज्जवल युवा क्लब सहभागी रहेका छन् । टेनिस बलमा खेलाइने प्रतियोगिता सम्पन्न गर्नका लागि बुटवल उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

प्रतियोगिताको अवसरमा बोल्दै बुटवल-१६ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जित र हारको रुपमा भन्दा पनि खेलकूदको विकास र सम्बन्ध बिस्तारको रुपमा प्रतिस्पर्धालाई लिन आग्रह गरे ।

यसैगरी बुटवल क्रिकेट विकास समितिका कार्यवहाक अध्यक्ष रोमित बज्राचार्यले प्रतियोगिताको माध्यमबाट खेलाडी उत्पादन तथा प्रतिभाहरुको पहिचानमा टेवा पुग्ने अपेक्षा गरिएको उल्लेख गरे । क्लबका संस्थापक घनश्याम चालिसेले प्रतियोगिता सफताको शुभकामना व्यक्त गरे । नकआउटका आधारमा खेलाइने प्रतियोगितामा हरेक दिन २ वटा म्याच सञ्चालन गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ३ : २७ बजे

सार्वजनिक स्थलमा महिलासामु अश्लील हर्कत गरेको आरोपमा शिक्षा अधिकृत पक्राउ

काठमाडौं । सार्वजनिक स्थलमा एक महिलासामु अश्लील हर्कत गरेको आरोपमा

बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक

नेपालगन्ज । कानुनी विवादमा परेका बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा,

भन्सार सुधारका लागि एडीबीले नेपाललाई ५ करोड अमेरिकी डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मसातो कान्डाले नेपालको

२६ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज (साम्पाङ)राईले संविधानका आधारभूत