१४ चैत्र २०८२, शनिबार | March 28, 2026

हेटौँडा सिमेन्टको उत्पादन बन्द



मकवानपुर । चार हप्ताअघिदेखि सञ्चालनमा ल्याइएको हेटौँडा सिमेन्ट उद्योगको उपकरण बिग्रिँदा आजदेखि उत्पादन बन्द भएको छ ।

सो उद्योगमा आर्थिक सङ्कटका कारण कच्चापदार्थ कोइलालगायत अन्य उपकरण खरिद गर्न नसकेपछि विगत छ महिनादेखि उद्योगले सिमेन्ट उत्पादन गर्न सकेको थिएन ।

चार हप्ता अघि पुनः उद्योग व्यवस्थापनले उत्पादन सुरु गरेकामा हाल आएर सो उद्योगको किलमिलको केही उपकरण मर्मत गर्नुपर्ने र केही उपकारण खरिद गरी जडान गर्नुपर्ने भएपछि एक हप्तापछि उत्पादन गर्ने गरी बन्द भएको उद्योगका निमित्त महाप्रबन्धक विनकुमार कर्णले जानकारी दिए ।

हाल सो उद्योगबाट उत्पादित सिमेन्ट बोरामा प्याकिङ भइरहेको निमित्त महाप्रबन्धक कर्णले बताए । तत्कालीन सरकारले यस उद्योग विसं २०३३ मा हेटौँडाको लामसुरेमास्थापना गरेको थियो । उद्योगले विसं २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिक सिमेन्ट उत्पादन सुरु गरेको थियो ।

सरकारले उद्योग निर्माणका लागि रु एक अर्ब ५० करोड लगानी गरेको थियो । सो उद्योगले साविकमा सिमेन्ट उत्पादन दैनिक १८ हजार बोरा गरेको भए पनि विभिन्न उपकरण जीर्ण भएका कारण हाल दैनिक १२ हजार बोरा मात्र उत्पादन हुने गरेको उद्योग व्यवस्थापनले जनाएको छ ।

उक्त उद्योगमा अहिले प्रशासन, लेखा भण्डारण, प्राविधिक र मजदुर कर्माचारी गरी करिब दुई सय जनाले स्थायी रोजगारीको अवसर पाइरहेका छन् । उद्योगले मकवानपुरको भैँसे, ओखरेखानी र धादिङको जोगिमाराबाट दैनिक चुन ढुङ्गा ढुवानी गरी ल्याउने गरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १० : ०७ बजे

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको

जाँचबुझ आयोगका पदाधिकारीको निवासमा सुरक्षा सतर्कता बढाइयो

काठमाडौं । जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोग अध्यक्ष

ओली र लेखकको पक्राउप्रति देउवा पक्षको आपत्ति, रिहाइको माग

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेकपाले भन्यो – राजनीतिक पूर्वाग्रह गर्ने काम नहोस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने

ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी