३ श्रावण २०८३, आइतबार | July 19, 2026

सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न



काठमाडौं । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरपालिकास्थित सेती नदीमा २५ मेगावाट क्षमताको सेती नदी जल विद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ ।

भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रवर्द्धित आयोजना निर्माण सम्पन्न भई औपचारिक उद्‌घाटन भई नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिइसकेको छ ।

२०७५ साल असोज २६ गते पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडबाट एक हजार ५०० सयभन्दा बढी संस्थापक लगानीकर्ता यस आयोजनाका मालिक भएको कम्पनीका अध्यक्ष जगत पोखरेलले जानकारी दिए ।

२०७७ सालमा निर्माण सुरु गरेको आयोजनाको निर्माणकार्य सम्पन्न भई २०८१ साल कात्तिक २७ गतेदेखि प्राधिकरणले विद्युत् खरिद गर्न सुरु गरेको छ । आयोजना सञ्चालनमा आएपछि हालसम्म हरेक महिना विद्युत् खरिद सम्झौतामा तोकिएभन्दा राम्रो ऊर्जा उत्पादन भइरहेको आयोजनाले जनाएको छ ।

सेती नदी जलविद्युत आयोजनाबाट उत्पादित बिजुली लाहाचोक सबस्टेसनसम्म १३२ केभी क्षमताको चार किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

झण्डै ६ अर्ब रुपैयाँ लगानी रहेको यस आयोजनाबाट उत्पादित बिजुलीबाट सुरुको वर्षमा वार्षिक ८७ करोड आम्दानी गर्नेछ । आयोजनामा एनएमबी बैङ्कको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैङ्कको ऋण लगानी रहको छ ।

आयोजनाका लागि बैङ्ककातर्फबाट तत्कालीन अवस्थामा अनुमानित कूल लागतको ७० प्रतिशत ऋण र ३० प्रतिशत संस्थापक लगानीकर्ताको स्वपुँजी लगानी रहेको छ । कम्पनीले शुक्रबार एक उद्‌घाटन समारोहको आयोजना गरेको थियो ।

कार्यक्रममा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा, स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीलगायतले ऊर्जा उत्पादनमा भिजन लुम्बिनीले स्थापना गरेको मानक उदाहरणीय रहेको बताए ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ७ : २१ बजे

सांसद खुस्बु ओलीलाई फेसबुकबाट धम्की दिएको आरोपमा बुटवलका व्यवसायीसहित दुई पक्राउ

काठमाडौं । बुटवल घर भई नारायणगढमा व्यवसाय सञ्चालन गर्दै आएका

जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिने

काठमाडौं । सरकारले बाढी, पहिरो तथा डुबानजस्ता मनसुनजन्य विपद्को जोखिमलाई

तापक्रम वृद्धिसँगै आँखा अस्पतालमा बिरामी बढे

जनकपुरधाम । तापक्रम वृद्धिभएसँगै जनकपुरस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या

आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य

एमबाप्पे बने विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता, २२ गोलको नयाँ कीर्तिमान

काठमाडौं । फ्रान्सका कप्तान किलियन एमबाप्पेले विश्वकप इतिहासमा सर्वाधिक २२