४ भदौ २०८३, बिहिबार | August 20, 2026

१८ औं मनमोहन स्मृति फुटबल प्रतियोगिताको उपाधि वडा नं ११ लाई



बुटवल । १८ औं मनमोहन स्मृति वडास्तरिय नकआउट फुटबल प्रतियोगिता २०८२ को उपाधि वडा नं ११ ले चुमेको छ । आईतबार भएको फाईनलमा वडा नं १२ लाई २-१ गोल अन्तरले पराजित गर्दै वडा नं ११ विजेता बनेको हो ।

उपाधिसंगै वडा नं ११ नगद १ लाख ११ हजार १ सय ११ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता वडा नं १२ नगद ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगितामा वडा नं ११ का मिलन आले सर्वोत्कृष्ट खेलाडी घोषित हुदै नगद ७ हजार ७ सय ७७ रुपैया, कपबाट पुरस्कृत भए । यसैगरि वडा नं ११ का समुन्द्र ज्ञवाली उत्कृष्ट स्ट्राईकर, वडा नं ११ का अनुप थापा उत्कृष्ट गोलकिपर, वडा नं ११ का दर्शन बिक सर्वाधिक गोलकर्ता, वडा नं १२ का सागर जिसि राईजिङ प्लेयर, वडा नं १० अनुसासित टिमबाट पुरस्कृत भए ।

सिघ्देश्वर खेलमैदानमा भएको निक्कै प्रतिस्प्रर्धात्मक खेलको ९ औ मिनेटमा दर्शन बिकले गोल गर्दै वडा नं. ११ लाई अग्रता दिलाए । १३ औं मिनेटमा पुनः दर्शन बिकले दोस्रो गोल थपे । ३८ औं मिनेटमा वडा नं १२ का भुवन फौजा मगरले सान्त्वना गोल गरे । खेलमा वडा नं ११ का अनिल क्षेत्री प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

एक समारोहका बिच प्रतियोगिताको विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई नेकपा एमाले पार्टीका पोलिटब्युरो सदस्य तथा रुपन्देही ईन्चार्ज लिला गिरि, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य केशव रोक्का, स्थाई कमिटि सदस्य बुद्घिराज थापा, नेकपा एमालेका जिल्ला सदस्य ऋषिराम पाण्डे, नगर खेलकुद विकास समिति बुटवलका सदस्य सन्जिव सिह, राष्ट्रिय युवा संघ नेपाल बुटवल नगर कमिटि अध्यक्ष गणेश बोहरा, संयोजक राजेन्द्र थापाले पुरस्कार वितरण गरे ।

कार्यक्रममा नेकपा एमाले पार्टीका पोलिटब्युरो सदस्य तथा रुपन्देही ईन्चार्ज लिला गिरिले युवाहरुको परिवर्तनका संवाहक भएको भन्दै खेलकुदमा आवद्घ गरि महत्वपुर्ण काम गर्न सफल भएको बताए ।

आगामी दिनहरुमा खेल गतिविधिमा सरकारको लगानी बढाउन समेत सुझाव दिए । प्रतियोगितामा नगरका १६ टिमले प्रतिस्प्रर्धा गरेका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ८ : १२ बजे

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका-२ एल गाउँकी सिर्जना खत्री विष्टलाई

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

भद्रपुर । झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या