२३ भदौ २०८३, मंगलबार | September 8, 2026

आइसिसी ट्वान्टी-२० विश्वकप एसिया छनोट : नेपाल हङकङसँग पराजित



काठमाडौं। नेपालले आइसिसी ट्वान्टी-२० विश्वकप एसिया छनोटमा हङकङसँग डकबर्थ लुइस पद्धति (डिएलएस)का आधारमा सात विकेटको हार बेहोरेको छ ।

जितसँगै तीन खेलमा चार अंक जोडेको हङकङ समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । पहिलो पराजय बेहोरेको नेपाल समान खेलबाट दुई अंकका साथ दोस्रो स्थानमा छ ।

यसअघि हङकङसँगको खेल वर्षका कारण रद्द हुँदा अंक बाँडेको नेपालले बहराइनविरुद्ध ९ विकेटको सहन जित दर्ता गरेको थियो ।

मंगलबार थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ३० रनको लक्ष्य हङकङले तीन बल बाँकी रहँदा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

वर्षाका कारण टसमा ढिलाइ भएपछि खेललाई पाँच ओभरमा झारिएको थियो । हङकङका लागि शान्जिन शहजादले अविजित १५ र मारिको हिलले ११ रन बनाए ।

नेपालका लागि कविता कुँवरले दुई विकेट लिइन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २९ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि सम्झाना खड्काले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यसैगरी कप्तान इन्दु बर्मा ९ र रुबिना क्षेत्री चार रनमा अविजित रहे । पूजा महतो तीन र कविता कुँवर दुई रन बनाएर आउट भए ।

हङकङका तीनै विकेट एलिसन सिउले लिइन् ।

 

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ४ : ५६ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३